• २०८१ बैशाख ८ शनिबार

दक्षिण अफ्रिकाका एबी डिविलीयर्सद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

kharibot

काठमाडौँ । दक्षिण अफ्रिकाका विष्फोटक ब्याट्सम्यान एबी डिविलीयर्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

आइपिएल सिजनमा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेलेका डिविलीयर्सले आइपिएल को यस सिजनक ओंतिम खेल खेलेको चौथो दिनपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

३४ बर्षिय विस्फोटक ब्याट्सम्यान डिविलीयर्सले एक भिडियो संदेश जारी गर्दै सबै खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

उनले संदेशमा यो अन्य खेलाडीले ठाउ बनाउने उपयुक्त समय भएको भन्दै इमान्दारसँग भन्दा आफु थाकेको बताएका छन् ।

यद्यपी यो गार्हो निर्णय भएको भएपनि भारत र अस्ट्रेलियाविरुद्धका सिरिजहरु जितेको अहिलेको अवस्थामा सन्यास लिनु उपयुक्त समय रहेको बताएका छन् ।

डिविलीयर्सले दक्षिण अफ्रिकाबाट ११४ टेस्ट क्रिकेट, २२८ एक दिवसीय र ७८ टि-२० क्रिकेट खेलेका छन् ।

उनले ११४ टेस्टका १९१ इनिङमा ८७६५ रन बनाएका छन् भने २२ शतक र ४६ अर्धशतक हानेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च रन २७८ रहेको छ भने औसत ५०.६६ रहेको छ ।

त्यस्तै २२८ एकदिवसीय क्रिकेट खेलेका डिविलीयर्सले ९५७७ रन बनाएका छन् । जसमा २५ शतक र ५३ अर्धशतक सामेल छन् । एकदिवसीय खेलमा उनको उच्च रन १७६ रहेको छ भने औसत ५३.५० रहेको छ ।

त्यस्तै ७८ टि-२० खेलेका डिविलीयर्सले १६७२ रन बनाएका छन् । जसमा १० अर्धशतक सामेल छन् भने उनको उच्च रन ७९ रहेको छ ।      
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै