• २०८१ बैशाख ७ शुक्रबार

महोत्तरीको हाट बजारमा सिक्का चल्दैन !

kharibot

फाइल तस्विर । 

गौशाला / केही दिनदेखि महोत्तरी जिल्लाका हाटबजारमा सिक्का पैसा चल्न छोडेको छ । 

जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ, शहरमा रहेका हाटबजार र पसलमा सिक्का पैसा लिन छाडेको उपभोक्ताले गुनासो गरेका छन् । जिल्लाका सयौँ गाउँ तथा दर्जनभन्दा बढी शहरका सानादेखि ठूलो पसलले अहिले खुद्रा (सिक्का) पैसा लिन छाडेको जिल्लावासीको गुनासो रहेको छ । 

अहिले पसले तथा हाटबजारमा सामग्री बेच्न बसेका व्यापारी व्यवसायीले खुद्रा पैसा — जस्तै एक रुपैयाँ, दुई रुपैयाँ र पाँच रुपैयाँका सिक्का नलिएको उपभोक्ताको गुनासो रहेको छ । 

उपभोक्ताले कुनै पनि पसलमा खुद्रा पैसा लिएर गएमा व्यापारी, व्यवसायी यो पैसा अब चल्दैन । हामी लिदैनाँै भनी सरसामान नदिने गरेको जनगुनासो रहेको छ । 

त्यस्तै, विभिन्न गाउँठाउँमा रहेका सानासाना पसलमा पनि स–साना बालबालिकाले सरसामान किन्न जाँदा पसलेले सिक्का पैसा नलिने गरेको आम अभिभावकको गुनासो रहेको छ । 

यस सन्दर्भमा जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक रामबहादुर साहसँग जानकारी लिँदा उनले सर्वसाधारणको सिक्का पैसा लिने गरेको बताए । तर उनले त्यसकालागि आमजनताले सिक्का पैसा एकसयको पोका बनाएर दिएमा मात्रै लिने गरेको बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै