• २०८१ बैशाख १३ बिहीबार

नेइमार इन्जुरीबाट निस्किन कडा मेहनेत गर्दै, यसै साता फिटनेस टेस्ट दिने

kharibot

काठमाडौँ । ब्राजिलका सुपरस्टार खेलाडी नेइमारले इन्जुरीबाट ठिक भएर मैदानमा छिटै आउने संकेत दिएका छन् ।

गत फेब्रुअरीमा पिएसजीको मार्सेलीविरुद्धको खेलका समयमा इन्जुरी भएपछि यस सिजनका बाँकी खेल गुमाएका नेइमार ब्राजिलको विश्वकप यात्राका प्रमुख खेलाडी हुन् । त्यति मात्र होइन नेइमार विश्वकपकै प्रमुख आकर्षण पनि हुन् ।

नेइमारले यसै साता आफ्नो फिटनेस टेस्ट दिने भएकाले उनले इन्जुरीबाट बाहिर आउन कडा मेहनत गरिरहेका छन् । उनी मैदानमा अभ्यास गर्दै गरेको देखिए पछि उनका करोडौ फ्यान नेइमार विश्वकपमा टिममा फर्किने विस्वास बढेको छ । साथै नेइमारले ब्राजिलियन राष्ट्रिय टिमका मेडिकल टिमसँग मिलेर इन्जुरीबाट निस्किन हरसम्भव प्रयास गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

नेइमारले पिएसजीका लागि यस सिजनमा ३० खेल खेल्दै २८ गोल गरेका थिए । पिएसजीमा पहिलो सिजनपनि इन्जुरीका कारण पुरा खेल्न नसकेका नेइमार बार्सिलोनाबाट रेकर्ड ट्रान्सफर रकममा पिएसजी आएका थिए । यद्यपी उनको स्पेनिस क्लब रियल म्याड्रिडमा जाने सम्भावना बढी रहेको मिडिया रिपोर्ट आइरहेका छन् ।

ब्राजिलको राष्ट्रिय टिमका प्रमुख खेलाडी नेइमारले ब्राजिलका लागि अहिलेसम्म ८३ खेल खेल्दै ५३ गोल गरेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै