• २०८१ बैशाख १४ शुक्रबार

पिएसजीका पुर्वम्यानेजर इमेरी आर्सनलको म्यानेजर बन्ने निश्चित 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग क्लब आर्सनलको नयाँ म्यानेजरमा फ्रान्सको पिएसजीका पुर्व म्यानेजर उनाइ इमेरी बन्ने भएका छन् ।

यसै सिजनमा पिएसजी छोडेका इमेरीले २२ बर्षसम्म आर्सनलको म्यानेजर बनेका आर्सन वेंगरको ठाउ लिने निश्चित भएको हो ।

आर्सनल क्लबले औपचारिक घोषणा नगर्दै इमेरीको वेबसाइटले इमेरी आर्सनलमा अवाद्ध भएको जानकारी दिएको छ । वेबसाइटमा आर्सनल परिवारमा आवद्ध हुन् पाउनु गर्वको कुरा भएको उल्लेख गरिएको छ ।

लगातार असफल भएपछि वेंगरले २२ बर्षको आफ्नो आर्सनलको म्यानेजर पदको यात्रा यसै सिजनको अन्त्यसँगै टुंगाएका थिए ।

इमेरीले पीएसजीमा रहदा एक लिग वान उपाधि, दुई कोपा डे फ्रान्स र दुई कोपा डे ला लीगको उपाधि जिताएका छन् । त्यस्तै उनले पिएसजीलाई दुई फ्रेन्च सुपरकपको उपाधि जिताएका थिए । 

४६ बर्षिय इमेरीले आर्सनलमा दुई बर्षको सम्झौता गर्न लागेको बताइएको छ । स्पेनका इमेरीले यस अघि सेभिला र भ्यालेंसीयाको म्यानेजर बनिसकेका छन् ।

उनले सेभिलाको म्यानेजरको रुपमा दुई पटक युरोपा लिगको उपाधि जितेका छन् भने २०१५-१६ मा कोपा डेल रेको उप विजेता बनेका थिए ।

 आर्सनल १९ बर्ष लगातार च्याम्पियन्स लिगमा छनौट हुदै आएकोमा यस सिजनमा च्याम्पियन्स लिगमा छनौट हुन असफल भएको छ ।  
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै