• २०८१ बैशाख ८ शनिबार

नेकपाको केन्द्रीय सदस्यमा खोटाङका सात नेता

kharibot

खोटाङ ।  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्यमा खोटाङका सात नेता मनोनीत भएका छन् । 

माओवादीको तर्फबाट टंक राई, समिता कार्की (अस्मिता), रामकुमार राई (पासाङ) र दुर्गाजयन्ती राई तथा एमालेका तर्फबाट विशाल भट्टराई, खगेन्द्र राई र राजन राई केन्द्रीय सदस्यमा मनोनीत भएका हुन् । 

यसअघि छुट्टाछुट्टै पार्टी हुँदा केन्द्रीय कमिटीमा बसेका सबैजना नेता नवगठित पार्टीको पनि केन्द्रीय सदस्य बनेका छन् । माओवादीका तर्फबाट केन्द्रीय सदस्य बनेका टंक राई यसअघि स्थायी समिति सदस्य हुनुहुन्थ्यो भने अन्य तीनजना पोलिटब्यूरो सदस्य थिए । 

टंक राई पूर्व सांसद हुन् भने समिता कार्की (अस्मिता) र दुर्गाजयन्ती राई पूर्व सभासद् हुन्। पूर्व सभासद् रामकुमार राई (पासाङ) अहिले खोटाङ क्षेत्र नम्बर–२ (ख) का प्रदेशसभा सदस्य हुन्। 

एमालेको तर्फबाट केन्द्रीय सदस्य बनेका खगेन्द्र राई यसअघि पनि केन्द्रीय सदस्य थिए भने विशाल भट्टराई र राजन राई वैकल्पिक केन्द्रीय सदस्य थिए । विशाल भट्टराई हाल खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने राजन राई खोटाङ क्षेत्र नम्बर–१ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै