• २०८१ बैशाख ८ शनिबार

हैदरावादलाई हराउदै चेन्नई आइपिएलको फाइनलमा  

kharibot

काठमाडौँ । आइपिएल अन्तर्गत चेन्नई सुपरकिंग्स फाइनलमा पुगेको छ । गएराती भएको पहिलो क्वालिफायरमा सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै चेन्नई यस सिजनको आइपिएलको फाइनलमा पुगेको हो ।

हैदरावादले दिएको १४० रनको लक्ष्य पछ्याएको चेन्नईले १९.१ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

चेन्नईका लागि  फाफ डु प्लेसिसले सर्वाधिक ६७ रन बनाएका थिए भने सुरेश रैनाले २२ तथा सर्दुल ठाकुरले १५ रन बनाएका थिए । 

हैदरावादका बलर सन्दीप शर्मा, सिद्धार्थ कौल र रशिद खानले २-२ विकेट लिएका थिए भने भुवनेश्वर कुमारले एक विकेट लिएका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाउदै १३९ रन बनाएको थियो ।  हैदरावादका लागि कार्लोस ब्रेथवेटले सर्वाधिक ४३ रन बनाएका थिए भने केन विलियामसन र युसुफ पठानले २४-२४ रन बनाएका थिए । 

चेन्नईका बलर डेवेन ब्राभोले २ तथा दिपक चहर, एनगिड़ी, सर्दुल ठाकुर र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच फाफ डु प्लेसिस बनेका थिए । 

जितसँगै चेन्नई फाइनलमा पगेको छ भने हैदरावादले दोस्रो क्वालिफायर खेल्ने मौका पाउने छ ।  आज हुने इलिमिनेटरको कोलकोता र राजस्थानको विजेतासँग हैदरावादले दोस्रो क्वालिफायर खेल्ने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै