• २०८१ बैशाख ११ मंगलबार

राप्रपामा प्रवासबाट ७ केन्द्रीय सदस्यको प्रतिनिधित्व हुने  

kharibot

राप्रपाको केन्द्रीय परिषद वैठकमा भाग लिदै प्रतिनिधिहरु ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न केन्द्रीय परिषद वैठकले प्रवासमा विभिन्न महत्त्वपूर्ण कार्यक्रम प्रस्ताव गरेको छ ।

विधान संसोधन प्रस्ताव अनुसार अब प्रवासको विभिन्न क्षेत्र समेटने गरि ६ केन्द्रीय सदस्य र एक अपांगता आरक्षण कोटा समेत ७ केन्द्रीय सदस्यको व्यवस्था गरिएको छ ।

जस अनुसार भारतवाट -१, खाडी मुलुकवाट -१, जापान, मलेसिया हङकङ लगाएत पुर्वि एसियावाट -१, युरोपवाट - १, उत्तर र दक्षिण अमेरिका वाट -१ र अष्ट्रेलिया र विश्वको बाँकी मुलुकवाट -१ र अपांगताआरक्षण कोटाबाट – १ जना सदस्यले प्रतिनीधित गर्न पाउने भएका छन् ।

 त्यस्तै असोजमा नेपालमा प्रवास विभागका पदाधिकारी तथा सदस्य तथा प्रवास सम्वद्ध व्यक्तिहरू लाई,पैष महिना भित्र भारतको दिल्लीमा, माघ महिनामा गल्फ मुलुकमा तथा २०७६ असारभित्र युरोपको वेल्जियममा प्रशिक्षण कार्यक्रम चलाईने प्रस्ताव गरिएको छ । त्यस्तै प्रवास विभागको प्रस्ताव अनुसार संगठन विभागले यस वर्ष भित्रमा अमेरिका, वेल्जियम, पोर्चुगल, स्कटलैण्ड, जर्मनी, नेदरल्यान्ड, कतार, युएई, ईजरायल, हङकङ, जापान लगायतका मुलुकमा अधिवेशन गरिनेछ भएको छ ।

त्यस्तै क्यानाडा, अस्ट्रेलिया, भारत लगायतका मुलुकहरूमा सशक्त संगठन निर्माण गरिने राप्रपा प्रवास विभाग प्रमुख विजय खड्काले जानकारी दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै