• २०८१ बैशाख ७ शुक्रबार

सन्दीप लामिछानेले नेपाल फर्किएपछि भने, ‘आइपिएलको अनुभव राष्ट्रिय टिममा लगाउँछु’

kharibot

काठमाडौँ । नेपाली युवा बलर सन्दीप लामिछाने आइपिएल खेलेर आज स्वदेश फर्किएका छन् ।

त्रिभुवन विमानस्थलमा अपराह्न सवा ४ बाजे आइपुगेका सन्दीपले आइपिएलमा आफ्नो प्रदर्शन प्रति सन्तोष व्यक्त गरे ।

सन्दीपले प्रतिक्रिया दिदै आइपिएलमा पहिलो पटक पुगेर राम्रो अनुभव संगालेको बताउदै आफुले पाएको मौकाको सही सदुपयोग गरेको बताए । सन्दीपले आइपिएलमा सिकेका कुराले राष्ट्रिय टिमका खेलमा निकै मद्धत पुग्ने विस्वास लिएको बताए ।

लर्ड्समा मे ३१ मा हुने खेलका बारेमा बोल्दै सन्दीपले त्यो टिममा पर्नु पनि ठुलो कुरा भएको बताउदै आफुले खेल्ने मौका पाएमा उत्कृष्ट प्रदर्शन गर्ने विस्वास व्यक्त गरेका छन् ।

नेपालका कप्तान पारस र दिल्लीका कप्तान श्रेयसमध्ये को राम्रो भन्ने प्रश्नमा सन्दीपले पारसको कप्तानी नै राम्रो रहेको प्रतिक्रिया दिए ।

सन्दीपलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का पनि पुगेका थिए ।

आइपिएलमा सन्दीपको प्रदर्शन :

दिल्ली डेयर डेभिल्सबाट पहिलो पटक आइपिएल खेल्ने मौका पाएका सन्दीप दिल्लीका सुरुका ११ खेलमा मौका पाएका थिएनन् । दिल्लीको व्यवस्थापनले अनुभवी खेलाडीलाई भरोसा गर्दै सन्दीप सहित अन्य युवा खेलाडीलाई मौका दिएको थिएन । तर अनुभवी खेलाडीले आफ्नो क्षमता अनुसार प्रदर्शन नगर्दा दिल्ली आइपिएलको प्लेअफमा पुग्न सकेन ।

लिग चरणका अन्तिम तीन खेलमा सन्दीपले पाएको मौकालाई भने सतप्रतिशत सदुपयोग गरे । सन्दीपले पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्दै ४ ओभरमा २५ रन दिएर एक विकेट लिए । सन्दीपले पहिलो खेलमै विराट कोहली, एबी डिविलीयर्सजस्ता विश्वका उत्कृष्ट ब्याट्सम्यानविरुद्ध बलिङ गर्दै उनीहरुलाई खुलेर खेल्ने मौका दिएनन् ।

आइपिएलको पहिलो विकेटको रुपमा पार्थिव पटेलको विकेट लिएका सन्दीपले आफ्नो बलिङबाट सबैलाई प्रभावित पर्दै संसार भरका मिडि को हेडलाइन बन्न सफल भए ।

सन्दीपले दोस्रो खेल चेन्नई सुपरकिंग्ससँग खेले । सो खेलमा आइपिएल मै धेरै रन बनाएका सुरेश रैनाको विकेट लिए । यस खेलमा महेन्द्रसिंह धोनी, शेन वाटशन जस्ता खेलाडीविरुद्ध सन्दीपले बलिङ गरेका थिए । सन्दीपले ४ ओभरमा २१ रन दिएर एक विकेट लिएको सो खेलपछि चेन्नईबाट खेल्ने दक्षिण अफ्रिकी स्पिनर इमरान ताहिर खेलपछि सन्दीपलाई थप बलिङ टिप्स दिएका थिए । यस खेलमा सन्दीपले स्टाइलिस प्लेयरको पुरस्कार पनि जितेका थिए ।

सन्दीपले तेस्रो खेल मुम्बई इण्डियन्ससँग खेले । मुम्बईविरुद्ध सन्दीपले ३ विकेट लिदै मुम्बईलाई प्लेअफमा जान रोक्न महत्वपूर्ण भुमिका खेले । सन्दीपले सूर्यकुमार यादव, केरन पोलार्ड र क्रुनाल पाण्डेयलाई आउट गर्दै मुम्बईको ब्याटिंग लाइनअप ध्वस्त बनाइदिएका थिए ।

यसरी आइपिएलमा तीन खेलमा ५ विकेट लिएका सन्दीप यस सिजनमा इकोनोमिक रेटमा आइपिएलकै पाचौ बलरको रुपमा रहेका छन् ।  

इन्जिनियर बनाउन चाहन्थें, क्रिकेटर बन्यो – चन्द्रनारायण लामिछाने, सन्दीपका पिता

ण्डियन प्रिमियर लिग प्रतियोगितामा सानदार प्रदर्शनसँगै सामाजिक सञ्जाल मात्रै होइन, सञ्चारमाध्यममा पनि चर्चा बटुल्न सफल भए, सन्दीप लामिछाने । भारतमा रहेका उनी मात्रै चर्चामा रहेनन् चितवनमा रहेका उनको परिवार पनि सबैको चासो र चर्चामा रह्यो ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका–८ को चित्रसारीमा सन्दीपको घर छ । त्यही घरमा उनका बुबाआमासँगै परिवार बसोबास गर्दछ । टेलिभिजनको पर्दामा सन्दीपको प्रदर्शन हेरेसँगै धेरैको चासो उनको परिवारसम्म पुग्यो । आफ्नो सन्तानको सफलतामा परिवार पनि निकै प्रसन्न हुनु स्वभाविकै हो ।

आइतबार साँझ आइपीएलको अन्तिम खेलमा मुम्बई इण्डियनविरुद्ध लामिछानेले तीन विकेट लिएपछि अझै उनको चर्चा बढेको छ । उनले खेल क्षेत्रमा गरेको प्रगतिप्रति उनका बुबाआमा दंग परेका छन् । सन्दीपका बुबा चन्द्रनारायण र आमा कोपिलादेवी लामिछाने निकै खुशी भएका छन् ।

‘छोराले खेलकुदका क्षेत्रमा निकै ठूलो प्रगति गरेको देखेर दंग छौँ,” बुबा चन्द्रनारायणले भने । सानैदेखि खेलप्रति रुची राख्ने सन्दीपले १३ वर्षको उमेरदेखि क्रिकेट खेल्न लागेको उनले बताए । सन्दीपले पाएको सफलताको विषयमा कुरा उठाउँदा भारतीय रेल्वेसेवामा ३८ वर्ष सेवा गरेर फर्किएका चन्द्रनारायणले सन्दीपको सफलता र खुशीले गर्व लागेको बताए ।

आइपीएलमा पाएको सफलताले सन्दीप अब देशकै छोरा भएको भन्दै भावुक हुँदै चन्द्रनारायणले भने “छोरा हामीले पाएका हौँ, तर पनि सन्दीप नेपाल आमाकै छोरा बनेको छ, मैले मेरो मात्रै छोरा भन्न अब पाइन ।” आफू पनि रेल्बे सेवामा काम गरेका कारण पढ्ने समयमा सन्दीपले निकै सम्झाएको स्मरण गर्दै उनले भने, “खेलप्रति मेरो लगावको मूल्यांकन हुनेछ र म नेपालबाटै खेल खेल्नेछु, तपाईहरुको नैतिक, भौतिक र आर्थिक सबै सहयोग चाहिन्छ ।”

लामिछाने परिवारले सन्दीपले यति छोटो समयमा यति ठूलो प्रगति गर्न सक्छ भन्ने सोचेको पनि थिएन । लामिछानेले आइपीएलमा गरेको उत्कृृष्ट प्रदर्शनले तीन करोडभन्दा बढी नेपाली, सारा विश्वभरका क्रिकेटप्रेमीका बीचमा सन्दीपले देश चिनाएकोमा आफूलाई गर्व लागेको उनले बताए ।

आफ्नो चाहना इञ्जिनियर बनाउने भएपनि छोराको क्रिकेटमोह देखेर खुल्ला छोडेको बताउँदै उनले भने “अहिले त्यही स्वतन्त्रताले मेरो छाती फुलेको छ ।” सन्दीपले आइपीएलमा उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपका बारेमा सोधीखोजी गर्दै घरसम्म आउनेको संख्या बढ्दै गएको उनले बताए । आइपीएलमा दिल्ली डेयरडेभिल्सले २० लाख भारुमा सन्दीपलाई टिममा अनुबन्ध गरेको हो ।

सन्दीपले प्रतियोगिताको अन्तिम तीनखेल मात्र खेल्न पाउँदा बुबा चन्द्रनारायणलाई पनि केही ढिला खेलाएको अनुभूति भएको छ । बुबा चन्द्रनारायणले भने, “सायद सन्दीपलाई पत्याएनन् होला, तर मौका आउँदा उसले आफ्नो क्षमता प्रदर्शन गरेरै देखायो ।”

अन्तिम खेल खेल्नुअघि आइतबार बिहान ११ बजेतिर सन्दीपले बुबासँग कुरा गरेका थिए । “आज म्याच छ भन्यो, हालखबर सोध्यो अरु खासै कुरा भएन,” बुबा चन्द्रनारायणले भने । सन्दीप आगामी मे ३१ मा लर्डसमा हुने विश्व ११ का तर्फबाट खेल्नेछन् । वेष्ट इण्डिजविरुद्ध हुने खेलमा उनले विश्व चर्चित खेलाडीसँग खेल्न पाउनेछन् । नेपाल आएर बेलायत जाने तयारी रहेको सन्दीपको परिवारले जनाएको छ ।

सन्दीप लामिछानेको जन्म स्याङ्जा जिल्लाको आरुचौर हाल अर्जुनचौपारी गाउँपालिकामा भएको हो । चन्द्रनारायणका पाँच सन्तानमध्ये सबैभन्दा कान्छा हुन्, सन्दीप ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै