• २०८१ बैशाख ६ बिहीबार

३८ क्विन्टल सुन तस्करीका नाइके 'गोरे' पक्राउपछि सार्वजनिक (भिडियोसहित)

kharibot

काठमाडौं ३३ किलो सुन तस्करीका मुख्य नाइके मानिएका गोरे भनिने चूडामणि उप्रेतीलाई छानबिन समितिले सार्वजनिक गरेको छ । 

समितिका अनुसार गोरेलाई काठमाडौँको गौरीघाटबाट आज बिहान ५ बजेर ३४ मिनेटमा पक्राउ गरिएको जानकारी दिएको छ । गृह मन्त्रालयमा छानबिन समितिले सार्वजनिक गरिएको हो । 

गोरेलाई आजै मोरङ प्रहरीको नियन्त्रमा पठाइने पनि समितिले जानकारी दिएको छ । गोरेलाई यसै प्रकरणमा हत्या गरिएका सनम शाक्यको हत्या आरोपमा यस अघि नै मोरङ जिल्ला अदालतमा मुद्धा दायर गरिसकिएको छ । 

समितिले गोरेलाई हत्या प्रकरणका साथै संगठित अपराधको आरोपमा पनि कारवाही अगाडी बढाउने जानकरी दिएको छ । 

सुन तस्करीमा संलग्न ६५ जना मध्ये ३२ जनालाई प्रहरीले पक्राउ गरेर मुद्धा चलाई सकेको छ भने ३३ जना अझै फरार रहेका छन् । सिङ तस्करी प्रकरणमा गोरेलाई नाइकेको रुपमा हेरिएको छ ।

पछिल्लो ४ बर्षमा ३८ क्विन्टल सुन तस्करी, ६३ आरोपीका नाइके गोरे :

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको समितिले २०७० साल यता झन्डै ३८ क्विन्टल सुन तस्करीमार्फत नेपाल भित्रिएको निष्कर्ष निकालेको छ ।

जिल्ला सरकारी वकिलको  कार्यालयले बुधबार जिल्ला अदालत मोरङमा दायर गरेको मुद्दाको अभियोग पत्रमा चुडामणि उप्रेती ‘गोरे’को समूहले मात्र यो परिमाणको सुन तस्करी गरेको उल्लेख गरेको छ ।

पक्राउ परेकाबाट बरामद् भएका कागजात र फरार अभियुक्तहरूबीच भएको आर्थिक कारोबारका आधारमा समितिले यो परिणामको सुन तस्करी भएको निष्कर्ष निकालेको हो ।
उनीहरुमाथि सन् २०१५ देखि हालसम्म १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० रुपैयाँ १३ पैसा मूल्य बराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोवार गरेको भनेर बिगोसहितको अभियोग दर्ता भएको छ । 

अभियोग पत्रमा प्रतिवादी गोरे भन्ने चुडामणि उप्रेती आफैं र निजको आपराधिक समुहले अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल सुरक्षा गार्ड कार्यालयमा तत्कालीन समयमा कार्यरत प्रहरी नायब महानिरीक्षक गोविन्द प्रसाद निरौला, प्रहरी बरिष्ठ उपरीक्षक श्याम बहादुर खत्री, प्रहरी उपरीक्षक बिकासराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउत समेतलाई आर्थिक लाभ उपलब्ध गराई आपराधिक समुहको सञ्जाल भित्र समावेश गरी अवैध सुन चोरी पैठारी गर्ने कारोवारमा सहयोग लिएको उल्लेख गरिएको छ ।

सो आरोप पत्रमा भनिएको छ,’त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड कार्यालयमा तत्कालीन समयमा कार्यरत उल्लिखित प्रहरी अधिकृतहरुले सरकारी कार्यकक्ष, साधन, श्रोत, जनशक्ति र अन्य फोर्सको लजिष्टिक्स लगायत अधिकृतहरुका ड्राइभर, व्यक्तिगत सुरक्षा गार्डहरुलाई आपराधिक समुहको गतिविधिमा उपयोग गर्न दिएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित नागरिक उड्ड्यन कार्यालयबाट सुरक्षा शक्तिको आडमा पास झिकी झिकाई आपराधिक समुहलाई उपलब्ध गराउने र उल्लिखित आपराधिक समूहभित्र समावेश भई गतिविधि सञ्चालन गरेको तथ्य बुझिएका बिष्णु कार्कीको बयान तथा कागज ब्यहोरा, सुरक्षा अधिकृतहरुले बरामद रजिष्टरबाट प्राप्त गरेको देखिने आर्थिक लाभको विवरण, सुरक्षा अधिकृत र आपराधिक समूहका नाइके चुडामणि उप्रेती एवं निजका सदस्यहरु बीचको कल डिटेल समेतका प्रमाणबाट पुष्टी भएको देखिन्छ,’ ।

१७ अर्ब १ करोडको बिगो :

प्रतिवादीहरु समेतको सहयोग र आपराधिक समूहको सञ्जालबाट नेपालमा चोरी पैठारी भएको सुनको परिमाण ३७,९९,५५९ ग्राम (सैतीस लाख उनान्सय हजार पाँच सय उनान्साठी ग्राम) भएको अभियोग पत्रमा दाबी गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालका अनुसार प्रतिवादीसँग १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको बिगो माग गरिएको छ । तस्करी भएको सुनको मूल्यांकन राष्ट्र बैंकका कर्मचारीले गरेको बताइएको छ ।

६५ जना विरुद्ध मुद्धा दायर, ७ प्रहरी अधिकारी :

कार्यालयले ६५ जनाविरुद्ध संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेको छ। प्रतिवादीमध्ये ९ जना प्रहरी अधिकारी छन्।

मुद्दामा प्रहरीले पूर्वडिआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण संजेल र प्रहरी जवान विष्णु खड्कासहित २९ जनालाई पक्राउ गरी अदालत पेस गरेको छ।

त्यस्तै राप्रपा नेता भुजुङ गुरुङ, सुन व्यापारी महावीर गोल्यान, न्युरोडको आरके ज्वेलर्सका सञ्चालक राजेन्द्रमान शाक्य, थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङे, बालकृण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारुलाई मुद्दा चलाइएको छ। त्यस्तै सुन तस्करी गिरोहमा संलग्न मोहन काफ्ले, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्ला शेर्पा, मोहन घिमिरे, राजन कुमारलाई पनि प्रहरीले बुधबार अदालत बुझाएको हो।

त्यसैगरी प्रहरीले तस्करीका मुख्य नाइके भनेका चूडामणि उप्रेती ‘गोरे’, एसएसपी श्याम खत्री, रमेश उप्रेती, निरु खरेल, मोहनकुमार अग्रवाल, रमेश उप्रेती, दुर्गा खरेल उप्रेती, चेतन भण्डारी, सुनील अग्रवाल, प्रमोद श्रेष्ठ, रोहित आचार्य, दावा शेर्पा, भोजराज भण्डारी, भीमकुमारी खरेल, डोलेन्द्रप्रसाद खरेल, कृष्ण बस्नेत, भविन राई, कमल कार्की, सन्दीप खड्का, प्रयास पराजुली, सुरेन्द्र गौतमलगायतकालाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ।

गत माघ ९ मा दुबईबाट ल्याइएको तस्करीको ३३ किलो सुन हराएपछि खोजबिन सुरु भएको थियो। उक्त सुन लुकाएको भन्दै मोरङ उर्लाबारीका सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो।

हत्या काण्डबारे छानविन गर्न गृह मन्त्रालयका सहसचिव ईश्वराज पौडेलको नेतृत्वमा बनेको छानबिन समितिको अनुसन्धानपछि ७ प्रहरी अधिकारीसहित २९ जनालाई पक्राउ गरिएको थियो ।

छानविन समिति 

यस घटनाको सम्बन्धमा गृह मन्त्रालयले गत चैत २० गते एक महिनाका लागि सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । 
सो समितिमा राष्ट्रिय अनुसन्धान शाखाका निर्देशक हुतराज थापा, वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार लामा, गृह मन्त्रालयका उपसचिव भविष्वर पाण्डे, उपन्यायधिवक्ता हरि रेग्मी, प्रहरी उपरीक्षक सुदिप पाठक, प्रहरी निरीक्षक भीष्म हुमागाईं, कानून अधिकृत भोजराज दाहाल र सई सुमन कार्कीसहित नौ जना रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै