• २०८१ बैशाख ७ शुक्रबार

शाहरुख खानसँग काम गर्न मन नपराउने बलिवुडका हिरोइन 

kharibot

मुम्बई । बलिवुडमा खानहरुको दबदबा दशकौदेखि चल्दै आएको छ । यस्तोमा बलिवुडका हिरोइन कुनै पनि खानहरुसँग अभिनय गर्नपाउनुलाई अहोभाग्य ठान्छन् । तर बलिवुडमा यस्ता पनि हिरोइन छन् जो तिनै खान मध्येका एक किंग खान शाहरुख खानसँग काम गर्न चाहदैनन् ।

शाहरुख खानसँग कम गर्न नचाहने अभिनेत्रीमा पहिलो नम्बरमा अमिषा पटेलको नाम आउछ । ऋतिक रोशनसँग कहो न प्यार हैबाट शानदार डेभ्यु गरेकी अमिषा पछिल्लो समय बलिवुडमा खासै फिल्म दिन सकेकी छैनन् तर १८ बर्षको उनको फिल्मी क्यारियरमा अमिषाले शाहरुख सँग काम गरेकी छैनन् । अमिषाले सार्वजनिक रुपमा नै शाहरुखसँग आफ्नो जोडी नजम्ने भन्दै आएकी छन् ।

यस सुचीमा दोस्रो नम्बरमा अमिनेत्री सोनम कपुरको नाम रहेको छ । आफ्नो १० बर्षको फिल्मी क्यारियरमा शाहरुखसँग अहिलेसम्म काम गरेकी छैनन् । निरजा, प्रेम रतन धन पायो जस्ता सुपर हिट फिल्ममा काम गरेकी अभिनेत्री सोनमले शाहरुख उमेरमा आफूभन्दा धेरै ठुलो भएकोले फिल्म नगरेको बताउदै आएकी छन् । उमेर अन्तरका कारण पर्दामा जोडी राम्रो नदेखिने उनको कथन छ ।

यस सुचिमा तेस्रो स्थानमा बलिवुडकी ड्रिम गर्ल हेमा मालिनी रहेकी छन् । शाहरुख खानलाई बलिवुडमा ब्रेक दिएकी हेमा मालिनीले शाहरुखको अभिनय अलि ओभरएक्टिंग जस्तो लाग्ने भन्दै  उनीसँग अभिनय नगरेको जवाफ दिएकी छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै