• २०८१ बैशाख १४ शुक्रबार

अमेरिका बोइजको दोस्रो गीत ‘मेरो ध्याननै तिमीमा’गीत सार्वजनिक

kharibot

काठमाडौँ । नेपाली फिल्म अमेरिका बोइजको दोस्रो गीत ‘मेरो ध्याननै तिमीमा’बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा संगीत जयन जे वाइवाको रहेको छ भने स्वर जयन जे वाइवा, रोशन थापा, सुरजसिंह ठकुरीको रहेको छ ।

त्यस्तै गीतलाई किरण तुलाधरले एरेन्ज गरेका हुन् । प्रवेशपौडेल निर्देशित यस फिल्ममा अर्पण थापा, सुनिल थापा, सन्दिप क्षेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आशिष प्रसाई, सृष्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुवास गजुरेल, राजु खरेल, मनिष राउतलगायतको अभिनय रहेको छ। 

‘सीबर्ड्सपिक्चर्स’र ‘बडी इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भएको फिल्ममा प्रकाश भुजेल र इन्द्र प्रशाद खरेलको लगानी रहेको छ । समिर खरेल कार्यकारी निर्माता रहेको फिल्ममा अनुप थापा, यमुना खरेल र राज के.सी पनि सह-निर्माताको रुपमा रहेका छन् ।

विवेक पाण्डेको कथा, पटकथा र संबाद रहेको फिल्ममा दिपक आरजे र जयन जे वाईवाको संगीत, सुनिल क्षेत्री नेपाली ठिटोजको नृत्य निर्देशन, सम्राट बस्नेतको द्धन्द रहेको छ । आलोक शुक्लाले खिचेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् ।

फिल्म जेठ १८ देखि प्रदर्शनमा आउने बताइएको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै