• २०८१ बैशाख १३ बिहीबार

विवादबीच भेनेजुयलाको राष्ट्रपतिमा मडुरोको जीत

kharibot

कराकस, भेनेजुयला  ।  भेनेजुयलाका राष्ट्रपति आगामी छ वर्षका लागि अनुमोदित भएका छन्  । 

भेनेजुयलाको निर्वाचन अधिकारीले भनेका छन्, निर्वाचनमा मडुरोले ६८ प्रतिशत मत प्राप्त गरी निर्वाचित भएका छन् । पूर्व सैनिक अधिकारीसमेत रहेका उनका निकटतम प्रतिद्वन्द्वी हेनरी फालकनले २१ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ । 

“हामीले फेरि निर्वाचनमा अत्यधिक सफलता पाएका छौँ । हामी इतिहासमा लगातार रूपमा अत्यधिक जनमत प्राप्त गर्ने राजनीतिक शक्ति ठहरिन पुगेका छौँ,” शानदार विजयपछि विजय उत्सव मनाउन भेला भएका समर्थकलाई सम्बोधन गर्ने क्रममा मडुरोले बताए । 

यद्यपि भेनेजुयलाको इतिहासमा निर्वाचनमा अनुपस्थित रहनेको दर सबैभन्दा धेरै ५२ प्रतिशत रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । निर्वाचनमा भेनेजुयलाको प्रमुख विपक्षी दलहरूको गठबन्धन, डेमोक्रेटिक यूनिटी राउण्डटेबलले मतदानलाई सत्ताधारी दलको तमासा भन्दै बहिस्कार गरेको थियो । 

यसैबीच निर्वाचनबाट आगामी छ वर्षका लागि राष्ट्रपतिमा अनुमोदित भएपनि मडुरोमाथि दवाव सिर्जना गर्दै लिमा समूहका अर्जेन्टिना, ब्राजिल, क्यानडासहित विभिन्न १४ मुलुकले आफ्ना राजदूतहरूलाई भेनेजुयलाबाट फिर्ता बोलाएका छन् । निर्वाचनलाई उनीहरूले अवैधानिक भन्दै मान्यता नदिने घोषणा गरेका छन् । अमेरिका, क्यानडा, यूरोपेली यूनियन र करिब एक दर्जन ल्याटिन अमेरिकी मुलुकले पनि निर्वाचनलाई मान्यता नदिने बताएका छन् । 

ल्याटिन अमेरिकामा भेनेजुयलालाई लिमा समूहका मुलुकले एक्लाएका कारण भेनेजुयलाको अर्थतन्त्रमा इतिहासकै सवैभन्दा कडा सङ्कट आएको बताउने गरिन्छ । भेनेजुयलामा राष्ट्रपति र उनको दलका कारण अर्थतन्त्र डामाडोल भएको भन्दै लामो समय आन्दोलनरत समूह निर्वाचनमा सहभागी भएको थिएन । 

मडुरोको विरोधीहरूले भेनेजुयलामा मानवीय तथा राजनीतिक सङ्कट गहिरिएको बताउँदै आएका छन् । उनीहरूले मडुरोको जीतपछि भेनेजुयलामा प्रजातान्त्रिक मुल्य मान्यताकोे हार भएको ठहर गरेका छन् । मडुरोले विधिको शासन, राजनीतिक स्वतन्त्रतालाई तोडेको विरोधीहरूको आरोप छ । 

मडुरोले सन् २०१३ देखि ह्युगो चाभेजका उत्तराधिकारीका रूपमा सत्ता सम्हाल्नुभएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै