• २०८१ बैशाख ७ शुक्रबार

मुम्बईको इण्डियन्सको यस आइपिएलमा 'शुन्य रन' को लाजमर्दो रेकर्ड 

kharibot

काठमाडौँ । आइपिएल अब अन्त्यतिर आएको छ । लिग चरणका खेल सकिएपछि आजबाट प्लेअफ अन्तर्गत पहिलो क्वालिफायर खेल सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिंग्सबीच हुदै छ । यसैबीच गत सिजनको विजेता मुम्बई यस सिजनमा प्लेअफमा नपुगी बाहिरिएको छ ।

मुम्बईको यस सिजनको प्रदर्शन औसत देखिएको थियो । लिग चरणबाटै बाहिरिने क्रममा मुम्बईका खेलाडीले केहि रोचक र लाजमर्दो रेकर्ड बनाएका छन् । 

तीन पटक आइपिएल जितेको मुम्बईका १३ खेलाडी यस सिजनमा शुन्य रनमा आउट भएका छन् । अझ यसमा ९ जना ब्याट्सम्यान त पहिलो बलमा नै आउट भएको रेकर्ड राखेका छन् । यस रेकर्डमा मुम्बईका कप्तान रोहित शर्मा तीन पटक शुन्यमा आउट भएका छन् भने विकेटकिपर ब्याट्सम्यान इशान किशन दुई पटक शुन्यमा आउट भएका छन् ।

त्यस्तै यस सिजनमा १४ खेलमा ८ खेलमा पराजित भएको मुम्बई ६ पटक अन्तिम ओभरमा खेल हारको छ । जसमा चेन्नईसँग एक बल अगाडी, हैदरावाद र दिल्लीसँग अन्तिम बलमा, राजस्थान रोयल्सले दुई बल अगाडी, त्यस्तै बैंगलोरसँग १४ रन र दिल्लीसँग ११ रनले अन्तिम ओभरमा हार बेहोरेको छ ।

त्यस्तै ११औ सिजन खेलेका मुम्बईका कप्तान रोहित शर्माले पहिलो पटक ३ सयभन्दा कम रन बनाएका छन् । रोहितले यस सिजनमा १४ खेलमा २८६ रन बनाएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै