• २०८१ बैशाख ७ शुक्रबार

धुर्मुस सुन्तलीको ‘वीर अस्पताल अप्रेशन’ : सरसफाईका लागि सहयोगी हात जुट्दै 

kharibot

काठमाडौँ । सफाइ  अभियानको लागि वैशाख २३ गते वीर अस्पताल पुगेका सिताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुससुन्तली) वीर अस्पतालको खस्किदो अवस्था देखि सकेपछि सफा गरेर मात्र फर्किन सकेनन । वैशाख २६ गतेबाट रंगरोगन शुरु गरेका हुन । सकारात्मक सन्देश प्रवाह गर्ने हिसाव वीर अस्पताल सफाई अभियान थालिएको छ । स्वास्थ क्षेत्रमा पनि सरकारी निकायमा ढिलासुस्ती, डाक्टर नबस्ने  र फोहोर हुने भनेर गुनासाहरु आइरहेको समयमा धुर्मुससुन्तलीको नेतृत्वमा वीर अस्पताल चौतर्फी सफाइ अभियान चलिरहेको छ । 

अहिले अस्पतालमा रंगरोगनको काम भइरहेकोछ । सर्बै चर्पीहरु सफा बनाइएको छ । वीर अस्पतालमा अहिले ६४ जना पेन्टरले पेन्टिङको काम गर्दै छन् । १३ जना इलेक्ट्रिसियन,  ५ जना पल्म्बर र सरसफाइमा २५ जनाले काम गरेका छन ।  अभियानमा बाग्मति सफाई अभियान्ता खेम शर्मा शर्मासँग सरसफाइ टिम पनि छ , बाग्मती सफाइ अभियन्ताहरु, भद्रगोलका टिमका , सिस्नुपानी नेपाल हाँस्यव्यङ्य समुह, दारी ग्याङ, आर्ट दारी ग्याङबाट सुन्दर नार्ट बनाइएको छ । साया समुह, साया समुहले भोलेन्टियरको रुपमा विरामीलाई बाटो देखाइदिने गरेका छन् । 

१ सय २८ वर्ष पुरानो वीर हस्पिटललाई बचाउनुपर्छ आम नेपालरीको स्वास्य सँग सम्बन्ध राख्ने स्वस्थ जीवन र भावना जोडिएको विषय हो । यसलाई टिकाइरहन पर्छ बन्द हुने अवस्थामा पुग्न दिनु हुदैन भन्नको लागि सफाइसँगै बचाउ गर्न  नयाँ प्रविधियुक्त अस्पताल बनाउनुपर्ने भाव आयो त मेरो  के लाग्छ भन्छन धुर्मुस । यसले धेरै तिर तरङ्ग ल्याउनेमा विश्वस्त रहेको बताउदै उनी भन्छन् मान्छेको मनोवृत्ति सुध्रने र हरेक व्यक्तिले जिम्मेवारीपुर्ण काम गर्ने हो भने अभियानता चाहिदैन । सबैतिरका स्वास्थ्य संस्थाहरुमा प्रभाव पर्ने सुधार आउनेछ ।

देशै भरीको सरकारी अस्पतालहरु सफा गर्ने भन्दै सकारात्मक सन्देशको अभियान शुरु गरेको बताएका छन ।  सबैले आआफ्नो जिम्मेवारीमा बसेर काम गर्ने हो भने देश आफै भन्छ भन्छन धुर्मुस । उनी भन्छन् “शुरुमा सफाईका लागि मात्र भनेर वीर अस्पताल प्रवेश गरे पनि यहाँ आइसकेपछि सफाईले मात्र नहुने, सबै कुराको सफाई हुनु पर्ने देखिए पछि हामी आवरण सफाइमा लागेका हौं ।” ट्वाइलेट मर्मत संहरदेखि लिएर संरचनाको मर्मत संहारसम्मको काम ,रंगरोगन देखि लिएर सबै काम गर्न यो अभियान शुरु भएको बताउछन् । कार्यको निरन्तरताको लागि यहीका मान्छेहरुलाई तालिम दिएको बताउदै अभियानलाई शसक्त ढंगले अगाडि बढाउन सिस्टममा बसेर काम गर्नु पर्ने बताउदै सिस्टममा काम नभएकै कारण हाम्रो आवश्यकता परेको हो । 

समयमा आएर सबैले आफ्नो जिम्मेवारीपुर्वक काम गर्न थालेपछि व्यवस्थित हुने भन्दै  फोहार सफा गरेर विरामीको सजिलोको लागि पुरानो वोर्ड हेरेर पहिले जस्तो नभई मोर्डन खालको डिजिटल प्रविधिको प्रयोग गरी सिस्टम सुधारी नमुना अस्पताल बनाउनुपर्छ भनेर लागेका छन धुर्मुस ।  अहिलेसम्म १९ लाख भन्दा बढि खर्च भईसकेको छ ।  ६ लाख जति सहयोगी मनबाट उठें पनि बाँकी उदारो कारोबार भइरहेको उनी बताउछन् । 

ट्रमा बाहेक सबै तिर सरसफाई र रंगरोगन गर्नु पर्ने हदाँ ५० लाख भन्दा कममा नहुने अनुमान लगउदै यहाँ त ठिक छ होला भनेर भित्र पस्यो झन त्यहिँ बढी गर्नुपर्ने अवस्था देखिएकाले ठ्याक्कै यति लाग्छ भनेर भन्न नसक्ने बताउछन् ।  

हरेक नेपालीलाई खुसी बनाउने कामगर्ने भन्दै भिआईपीहरुले पनि यहाँ नै उपचार गराउने वातावरण सिर्जना गर्न लागेको बताए ।  दक्ष विज्ञ डक्टर यहीँ भएको हुदा यहिँबाट उपचार लिनपर्ने बताउछन्  । सन्देश दिनको लागि कार्य शुरुवात गरेको भन्दै उनले यो सरकारकै योजना भएकाले विशेष ध्यानकर्षण गरेर यही उपचार गराउन पर्छ भन्ने बनाउन लागेको बताए ।  

सबै भन्दा ठुलो कुरा डक्टरहरु यहाँ नियमित आउने सिस्टम बसेकोछ । डाक्टरहरु आफनो काममा भन्दा हस्पिटलमा  विजि हुने सिस्टम लागु हुन थालेको छ ।  ३ हजार दैनिक विरामी आउने  वीर अस्पतालमा अव विरामीले सजिलैसँग डाक्टरलाई भेटेर राम्रोसँग स्वास्थ्य उपचार गराउन सक्ने धुर्मुस बताउछन् । 

उनी भन्छन “अव २० दिन पछि राम्रो देखिन्छ । अनि बुद्ध क्रिकेट रंगशाला बनाउने योजनामा छौं ।”

(खरिबोटका लागि सकला दवाडी/कविता घिमिरेको रिपोर्ट)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै