• २०८१ बैशाख ८ शनिबार

बाढी पहिरोको जोखिमयुक्त निजगढका खोलाहरुको निरीक्षण

kharibot

बारा । बाराको निजगढ नगरपालिका अन्तर्गत रतनपरी , भरतगंजसिंगौल , निजगढका बाढी , पहिरो , कटान जोखिमयुक्त स्थान र खोलाहरुको निरीक्षण गरिएको छ ।

निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनाल र जिल्ला भु–संरक्षण कार्यालय बाराका प्रमुख श्यामसुन्दर श्रेष्ठ सहिँतको प्राविधिक टोलीले निरीक्षण र कामको अनुगमन गरेको हो ।

निजगढ नगरपालिकाले एक करोड रकम विनियोजन गरी ती जोखिमयुक्त स्थानका बस्ती , जमीन जोगाउँन खोला , खोल्सीहरु स्काभेटरले सोझ्याउँने र ग्रेभलको ड्याम लगाउँने काम भईरहेको छ ।

निजगढ नगरपालिका भित्रका बस्ती , खेती योग्य जमीन बाढी , पहिरो र कटानको उच्च जोखिममा परे पछि निजगढ नगरपालिका सक्रिय भएको हो । साना खहरे खोला , खोल्सीले वर्षा याममा ठूलो क्षति पुर्याउँने गरेको छ ।

गडवान , खयर , टिकुली , लाल , बगर खोला साबिकको धार परिवर्तन गरी बस्ती तर्फ तेर्साएका छन् । राष्ट्रपति चुरे तराई–मधेस विकास संरक्षण अन्तर्गत जिल्ला भू–संरक्षण कार्यालय बाराले बर्सेनी तारजालीको स्पर , ब्रेकर खोला , खोल्सीमा राखिदिएको कारण बस्ती बग्नबाट जोगिएको पाईएको छ ।

तर , बस्ती आसपासका खेती योग्य जमीन भने बर्सेनी कटान हुनुका साथै बालुवा , गेग्रानले पुरिदिने गरेको छ ।

झण्डै दुई दशक अघि पनि यस्तै क्षति भएको थियो । त्यस यता गत वर्षको वर्षा याममा यस भेगका बस्तीले बाढी , पहिरो , कटानले क्षति बेहोर्नु प¥र्यो । त्यस बेला मध्य रातमा बाढी बस्तीमा पस्दा बगर खोला टोल , बारथली , बुङ्गजोर , लाल , चिसापानी बस्तीका स्थानीयले ज्यान जोगाउँन बस्ती नैं छाड्नु पर्यो ।

नजिकैको खहरे खोलाले बगाई ल्याएको चुरे पहाडको गेग्रान , बालुवा घर तथा खेत बारीमा थुपा¥यो । “बगर खोलाले बगाएर ल्याएको बालुवा , गेग्रानले ६ , ७ फिट अग्लो हुँने गरी खेत बारी पुरिदियो । कसरी हटाउँने आँफुले सोच्नै सकेको छैन ,” निजगढ नगरपालिका वडा नं.३ सिंगौलका ईन्द्रबहादुर विकले भने । बर्सेनी चुरे पहाड स्खलन हुँदा चुरे फेदका बस्तीको घर , आँगन , खेत बारी पुरिने क्रम जारी छ ।

पछिल्लो पाँच वर्ष यता मात्रै यस भगेमा झण्डै एक सय बिघा भन्दा बढी खेत बारी कटान भएको स्थानीयको अनुमान छ । “पाँच÷सात वर्ष अघि ३÷४ मिटर चाडाइँका खहरे खोला , खोल्सी अहिले ८÷१० मिटर फराकिला भएका छन् ।

त्यस बेला नाघ्न सकिने खोल्सी , पैनीमा अहिले ह्युम पाईप , कल्भर्ट हाल्नुको विकल्प छैन ,” निजगढ नगरपालिका वडा नं.१२ का वडाध्यक्ष ज्ञानबहादर गोलेले बताए ।

निजगढ नगरपालिका भित्रका सबै खोला , खोल्सीको अनुगमन गर्दै बाढी , पहिरोबाट जोखिममा परेका बस्ती , खेती योग्य जमीनलाई कटान हुँनबाट जागाउँन बाढी , पहिरो नियन्त्रणका लागि निजगढ नगरपालिकाले बगर , धन्सार , बुुङ्गजोर , टिकुली , भालु खोला लगायत अन्य खहरे खोलामा नियन्त्रणको काम गरिरहेको निजगढ नगरपालिकाका प्रमुख सुरेश कुमार खनालले बताए ।

जनताले स्थानीय सरकारको अनुभुति हुँने गरी कामलाई प्रार्थमिकतामा राखी बाढी , पहिरो खेती योग्य जमीन कटान नियन्त्रण गर्न जिल्ला भु–संरक्षण कार्यालय बारा र अन्य सम्बन्धित निकायसँग समन्वय गरी काम गर्ने प्रमुख खनालले बताए । “जोखिम र क्षति भयावह छ । यसलाई बेलैमा नगर्दा ठूलो क्षति हुँन सक्छ ,” प्रमुख खनालले भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै