• २०८१ बैशाख ८ शनिबार

अर्जेन्टिनाले छान्यो विश्वकपका २३ खेलाडी, को को परे ?

kharibot

काठमाडौँ । अर्जेन्टिनाले रसियामा हुने विश्वकपका लागि २३ सदस्यीय टिमको घोषणा गरेको छ ।

म्यानेजर जर्ज साम्पोउलीले घोषणा गरेको टिममा इन्टरमिलनबाट खेल्ने २५ बर्षिय स्ट्राइकर माउरो आइकार्डोलाई समावेश गरिएको छैन । आईकार्डोले इटालियन सिरी ए मा यस सिजनमा २९ गोल गरेका थिए । साम्पोलीको यस निर्णयलाई आश्चर्यजनक रुपमा लिइएको छ । 

लियोनेल मेसीको नेतृत्वमा छानिएको अर्जेन्टिनाको टिममा सर्जियो अग्युरो, गोन्जालो हुगैन, एन्जल डी मारियो जस्ता स्टार खेलाडीहरु समावेश गरिएको छ । त्यस्तै अर्जेन्टिनी टिममा बोका जुनियरबाट खेल्ने २२ बर्षिय फरवार्ड क्रिस्टियन पाभनले सरप्राइज रुपमा ठाउ बनाएका छन् ।

गोल किपर : सर्जियो रोमेरो (म्यान्चेस्टर युनाइटेड), विल्ली काबाल्लेरो (चेल्सी), फ्रान्सको अर्मानी (एथलेटिको रिभर प्लेट) ।

डिफेन्डर : गाब्रियल मेर्काड़ो (सेभिला), क्रिस्टियन अन्साल्डो (टोरिनो एफसी), निकोलस ओटामेन्डी (म्यान्चेस्टर सिटी), फेडेरिको फाजियो (एस रोमा), मार्कोस रोजो (म्यान्चेस्टर युनाइटेड), टागलियाफिको (एजेक्स), जाभियर मस्चेरानो (हेबेई चाइना फर्च्युन), मार्कोस अचुना (स्पोर्टिंग सिपि), एडुआर्ड़ो साल्भियो (बेनिफिका)  ।

मिडफिल्डर : लुकास बिगलिया (एसी मिलान), इभर बेनेगा (सेभिला), लो केल्सो (पिएसजी), मानुयल लान्जिनी (वेस्टह्याम युनाइटेड), एन्जल डी मारिया (पिएसजी), म्याक्स मेजा ।

फरवार्ड : लियोनेल मेसी (बार्सिलोना), पाउलो डीबाला (युभेन्टस), सर्जियो अग्युरो (म्यान्चेस्टर सिटी), गोन्जालो हुगैन (युभेन्टस) र क्रिस्टियन पाभन (बोका जुनियर) ।  

आगामी जुन १४ देखि हुने विश्वकपमा अर्जेन्टिना समुह ‘डी’ मा रहेको छ । अर्जेन्टिनासँगै समुह ‘डी’ मा आइसल्याण्ड, क्रोसिया र नाइजेरिया रहेका छन् । यस बर्षको विश्वकप खेल्ने टिममा सबैभन्दा मन पराइएको टिम रहेको अर्जेन्टिनाले विश्वकपको आफ्नो पहिलो खेल जुन १६ मा आइसल्याण्डसँग खेल्ने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै