• २०८१ बैशाख ८ शनिबार

न्याय सम्पादन छरितो र निष्पक्ष बनाइने

kharibot

काठमाडौँ । सरकारले न्यायप्रणालीलाई स्वतन्त्र, सक्षम, पारदर्शी, छिटोछरितो र निष्पक्ष बनाई न्यायमा जनताको पहुँच वृद्धि गर्ने भएको छ । 

संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रस्तुत गर्नुभएको आव २०७५÷०७६ को नीति तथा कार्यक्रममा न्यायमा जनताको पहुँच सुनिश्चित गर्न न्यायालयको क्षमता वृद्धि गरिने उल्लेख छ । 

नीति तथा कार्यक्रममा नागरिकको सुरक्षा र गुनासालाई समाधान गर्न कानूनलाई प्रभावकारी ढंगले अगाडि बढाइने र न्याय सेवामा समयानुकूल सुधार गरिने छ । 

नागरिकबीचको देवानी सम्बन्धलाई व्यवस्थित र नियमन गर्न एवं मुलुकको फौज्दारी न्याय प्रशासन र न्याय सम्पादनलाई समयानुकूल बनाउन तर्जुमा गरिएका कानूनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक संरचना, स्रोत तथा साधनको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ । 

संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न संवैधानिक निकायलाई सक्षम बनाई सरकारका तर्फबाट गरिने कानूनी प्रतिरक्षालाई प्रभावकारी बनाउन महान्यायाधिवक्ताको कार्यालयको क्षमता वृद्धि गरिने प्रतिबद्धता व्यक्त गरिएको छ । साथै अपराध अनुसन्धान र अभियोजनलाई वस्तुगत र वैज्ञानिक प्रमाणमा आधारित बनाइने उल्लेख छ । 

नीति तथा कार्यक्रममा शान्ति प्रक्रियाका अधिकांश काम सम्पन्न भएका र बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई स्रोतसाधन सम्पन्न बनाई संक्रमणकालीन न्यायअन्तर्गतका बाँकी काम समयमै पूरा गरिने उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै