• २०८१ बैशाख १२ बुधबार

स्पेनद्वारा विश्वकपका लागि २३ सदस्यीय खेलाडी घोषणा, को को परे ?

kharibot

काठमाडौँ । रसिया विश्वकप फुटबलको लागि सहभागी टिमले आफ्नो टिम घोषणाक्रम गर्ने क्रम जारी रहेको छ । यसैबीच स्पेनले रसिया विश्वकपका लागि आफ्नो २३ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेको छ ।

घोषणा गरिएको टीममा हालै बार्सिलोना छोड्ने निर्णय गरका आन्द्रे इनेस्टा, सर्जियो रामोस, डिएगो कोस्टा, डेभिड सिल्भाजस्ता खेलाडी समावेश गरिएको छ । त्यस्तै चेल्सीबाट खेल्ने अल्भारो मोराटा र आर्सनलबाट खेल्ने हेक्टर बेलेरिनलाई विश्वकप टिममा समावेश गरिएको छैन । त्यस्तै चर्चित खेलाडी चेक फार्बिगासलाई पनि टिममा समावेश गरिएको छैन ।

विश्वकपका लागि छानिएको २३ सदस्यीय स्पेनिस टिम :

गोल किपर : डेभिड डी गा, केपा अरिजाबलागा र पेपे रेइना ।

डिफेन्डर : डानी कार्भाजाल, जेरार्ड पिके, सर्जियो रामोस, नाचो, अल्भारो ओड्रीओजोलो, जोर्डी अल्बा, नाचो मोनरियल अजपिलीक्यूटा।

मिडफिल्डर : सर्जियो बसक्वेटस्, साउल निग्युज, आन्द्रे इनेस्टा, थियागो अल्कानटारा, कोके, इस्को, डेभिड सिल्भा, मार्को इसेन्सियो ।

फरवार्ड : लुकास भजक्वेज, डिएगो कोस्टा, रोड्रीगो मोरेनो र लागो असपास ।

स्पेन विश्वकपमा समुह ‘बि’ मा रहेको छ । समुह ‘बि’ मा स्पेन सहित पोर्चुगल मोरक्को र इरान रहेका छन् ।

स्पेनले विश्वकपको आफ्नो पहिलो खेल जुन १५ मा पोर्चुगलविरुद्ध खेल्दै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै