अष्ट्रेलियाको ला ट्रोब बिजनेस स्कुलले नेपाली विद्यार्थीहरूलाई भर्ना खोल्यो, नयाँ छात्रवृत्तिहरूको घोषणा

खरीबोट
ad

काठमाण्डौ । नेपाली विद्यार्थीहरूका लागि नयाँ अवसरहरूको ढोका खोल्दै ला ट्रोब विश्वविद्यालय, अष्ट्रेलियाअन्तर्गतको ला ट्रोब बिजनेस स्कुलका डिन तथा प्रमुख प्रोफेसर जेन ह्यामिल्टनले नेतृत्व गरेको एक उच्चस्तरीय टोलीले काठमाडौंको भ्रमण गरेको छ ।

नेपालका विद्यार्थीहरूको मागलाई ध्यानमा राखी यस बिजनेस स्कुलले जनवरीदेखि सीमित स्नातकोत्तर कार्यक्रमहरूका लागि नयाँ भर्ना शुरू गरेको छ । नयाँ भर्नासँगै पठनपाठन छिटो सम्पन्न गर्नका लागि यस संस्थाले द्रुत अध्ययन कार्यक्रमहरू शुरू गरेको जानकारी दिएको छ । 

यी शैक्षिक कार्यक्रमहरू गतवर्षको नोभेम्बरमा शुरू गरिएका ज्यादै सफलपूर्व स्नातक र स्नातकोत्तर कार्यक्रमहरूमा थप गरिएको जनाइएको छ । नोभेम्बर भर्ना चाहिँ फेब्रुअरी र जुलाइमा शुरू गरिएका दुइ अर्धवार्षिक शैक्षिक सत्रहरूमा थप गरिएको पनि जानकारी गराइएको छ ।

केहीवर्ष अघि ला ट्रोबले स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूको लागि तेस्रो सेमेष्टरको शुरूवात् गरेको थियो । अहिले यो शैक्षिक कार्यक्रम नेपाली विद्यार्थीहरू माझ ज्यादै लोकप्रिय छ । यसका साथै सम्बन्धित उद्योगका आवश्यकताहरू र रोजगार बजारका पछिल्ला प्रवृत्तिहरूलाई ध्यानमा राख्दै नयाँ विषयहरू पनि थपिएको ला ट्रोब बिजनेस स्कुलले जनाएको छ । 

प्राध्यापक जेन ह्यामिल्टन भन्छन्, “यस क्षेत्रका महत्वपूर्ण देशहरूसँग सम्पर्क स्थापितगर्ने र विद्यार्थीहरूका लागि उत्कृष्ट अवसरहरू सिर्जना गर्ने ला ट्रोब विश्वविद्यालयको निरन्तरको प्रयासले ला ट्रोब बिजनेस स्कुललाई फेरि नेपालमा ल्याएको छ । जनवरीमा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूमा नयाँ भर्ना, पूर्वस्नातक र स्नातकोत्तर तहहरूमा एक वर्षमा तीन पटक नयाँ भर्ना र उत्कृष्टताको लागि छात्रवृत्तिको निरन्तरताले नेपालबाट आउने विद्यार्थीहरूलाई ला ट्रोब विश्वविद्यालयमा उपलब्ध अत्याधुनिक सुविधाहरू र विशेषज्ञताबाट अत्यधिक फाइदा लिन सहयोग पुग्नेछ ।” 

उनले अगाडी भने,’ला ट्रोब विश्वविद्यालयको व्यावहारिक, उद्योग-केन्द्रित एमबीएले विद्यार्थीहरूलाई छिटोछिटो परिवर्तन भैरहेको २१ औँ शताब्दीको व्यावसायिक वातावरणको लागि तयार पार्छ । हाम्रो एमबीएले  इपीएएसको सम्बन्धनप्राप्त गरेको छ र  सीइओ म्यागजिनले यसलाई एक उत्कृष्ट तहको विश्वव्यापी शैक्षिक कार्यक्रम अर्थात् अ टियर वन ग्लोबल प्रोग्रामको मान्यता दिएको छ । यो शैक्षिक कार्यक्रमको मुख्य विशेषताहो — विद्यार्थीहरूलाई कुनै संस्थाभित्र रहेर उद्यमशिलता सिकाई योजनामा सहभागी हुने अवसर प्रदानगर्नु ।”

“विश्वभरका विश्वविद्यालयहरूको पछिल्लो शैक्षिक उपलब्धिको सूचीमा ला ट्रोब विश्वविद्यालय करिब २०० स्थान माथि उक्लेको छ । यस विश्वव्यापी सूचीमा यो विश्वविद्यालय ३०१औँ स्थानमा रहेको छ । यसको अर्थ हो विश्वविद्यालयको मूल्यांकन गर्ने तीनै आधिकारिक अन्तर्राष्ट्रिय र्यांकिङहरूमा यो विश्वविद्यालय उत्कृष्ट ४०० स्थानभित्र पर्छ ।” प्राध्यापक जेन ह्यामिल्टनले भने ।

नयाँ छात्रवृत्तिहरूको घोषणा

एकपटक फेरि ला ट्रोब बिजनेस स्कुल, अष्ट्रेलियाले छात्रवृत्तिहरू प्रदान गर्ने बह्येको छ । छात्रवृत्ति रकम कूल शैक्षिक शुल्कको १५, २० र २५ प्रतिशतसम्म हुनेछ । सन् २०१८ देखि विद्यार्थीहरूमाझ लोकप्रिय शैक्षिक कार्यक्रमहरूका लागि प्रदान गरिने यी छात्रवृत्तिहरू पूर्वस्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विदेशी विद्यार्थीहरूका लागि हुन् । यी छात्रवृत्तिहरू प्राप्तांक र विद्यार्थीहरूको विगतका शैक्षिक उपलब्धिको आधारमा प्रदान गरिने छन् । छात्रवृत्तिहरू प्रदानगर्दा पहिला भर्ना हुने विद्यार्थीहरूलाई ग्राह्यता दिइने छ ।

नयाँ विषयहरू:

ला ट्रोब बिजनेस स्कुलले नयाँ विषयहरूको पठनपाठन शुरू गरेको छ । ती विषयहरूले रोजगार बजारमा आएका परिवर्तनहरूलार्ई समेट्छन् र स्नातकहरूलाई व्यवसायमा देखिएका प्रवृत्तिहरूप्रति सचेत गराउँछन् । बिग आइडियाज इनबिजनेस एण्ड डिजिटल बिजनेस ती नयाँ विषयहरूमा पर्छन् । दुवै विषयहरू ब्याचलर अफ बिजनेस कार्यक्रम अन्तर्गत पढाइन्छ । 

ला ट्रोब विश्वविद्यालयबारे :

ला ट्रोब विश्वविद्यालय अष्ट्रेलियाको भिक्टोरियामा रहेको धेरै क्याम्पसहरूसहितको विश्वविद्यालय हो । भिक्टोरियाको प्रथम लेफ्टिनेन्ट गभर्नरको नामबाट यस विश्वविद्यालयको नाम राखिएको हो । ५० वर्षदेखि ला ट्रोब विश्वविद्यालय अष्ट्रेलियाको उच्चशिक्षाको क्षेत्रमा एउटा अग्रणी संस्थाको रूपमा संचालित छ । शैक्षिक उत्कृष्टता र अनुसन्धान सम्बन्धी उपलब्धिहरूको क्षेत्रमा ला ट्रोब सुप्रसिद्ध छ । 

भिक्टोरियामा यसका ७ क्याम्पसहरू छन् भने न्यू साउथ वेल्स, अष्ट्रेलियामा १ क्याम्पस संचालनमा छ । ला ट्रोब विश्वविद्यालयबाट एक लाख ८१ हजारभन्दा बढी विद्यार्थीहरूले आफ्नो अध्ययन पुरा गरिसकेका छन् र जीवनका विभिन्न क्षेत्रहरूमा ठूला उपलब्धिहरू हासिल गरेका छन् जसले यस संस्थालाई प्रतिष्ठित बनाएको छ ।
 

सम्बन्धित समाचार

अष्ट्रेलियाको ला ट्रोब बिजनेस स्कुलले नेपाली विद्यार्थीहरूलाई भर्ना खोल्यो, नयाँ छात्रवृत्तिहरूको घोषणा

काठमाण्डौ । नेपाली विद्यार्थीहरूका लागि नयाँ अवसरहरूको ढोका खोल्दै ला ट्रोब विश्वविद्यालय, अष्ट्रेलियाअन्तर्गतको ला ट्रोब बिजनेस स्कुलका डिन तथा प्रमुख प्रोफेसर जेन ह्यामिल्टनले नेतृत्व गरेको एक उच्चस्तरीय टोलीले काठमाडौंको भ्रमण

कतार एयरवेजद्वारा क्यानवेरा अष्ट्रेलियामा उडान घोषणा

काठमाडौं । कतार एयरवेजले एक पत्रकार सम्मेलनको आयोजना गरी अष्ट्रेलियाको राजधानी क्यानबेरामा आफ्नो फ्लाइटको सुरुवातको घोषणा गरेको छ ।  पत्रकार सम्मेलनमा अष्ट्रेलियन राजदुत पिटर ग्रिमी बड, कतारका राजदुत यूसुफ मोहम्मद अल–हायल

टि-२० क्रिकेटमा अष्ट्रेलियाले बनायो कीर्तिमान

काठमाडौं । टि-२० क्रिकेटमा अष्ट्रेलियाले कीर्तिमान कायम गरेको छ  ।  त्रिकोणात्मक श्रृङखला अन्तर्गत न्युजिल्याण्डसँगको खेलमा २४४ रनको लक्ष्य पुरा गरेर अष्ट्रेलियाले कीर्तिमान कायम गरेको हो  । जितका लागि पाएको २४४ रनको

संसद् बैठकमा अष्ट्रेलियाली सांसदले गरेको बिहे प्रस्ताव 'एस' भनेर पारित !

अष्ट्रेलिया । एक अष्ट्रेलियाली समलिंगी सांसद्ले संसदभित्रै आफ्नो समलिंगी साथीलाई विवाहको प्रस्ताव गरेका छन् । समलैंगिक विवाहलाई भर्खरै मान्यता दिएको अष्ट्रेलियाको संसदभित्रै यस्तो रोचक परिदृश्य देखिएको हो । सेप्टेम्बरमा संसद्ले यस्तो