• २०८१ बैशाख १४ शुक्रबार

भूकम्प गएको तीन बर्षसम्म घर बनाउने राहत नपाउँदा टहराकै बास

kharibot

फाइल तस्बीर

रामपुर, पाल्पा  । भूकम्प गएको तीन वर्ष भयो तर घर बनाउने राहत रकम नपाउँदा रम्भा गाउँपालिका–२ फोक्सिङकोट बस्ने लक्ष्मी गाहा अझै पनि टिनको टहरामा बास बस्दै आउनुभएको छ । 

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले उहाँको घरमा पूर्ण क्षति पुगेको छ । भूकम्प गएको दिनदेखि उहाँको चार जनाको परिवार अहिलेसम्म चारैतिर टिनले बारेको टहरामा बसोबास गर्दै आएका छन् । सरकारले भूकम्प पीडितलाई घर निर्माणका लागि दिने भनिएको राहत रकम उहाँले नपाएको गुनासो गरे  

उनी भन्छन्उ, “भूकम्प गएको यतिका समय भयो तर घर बनाउन सकिएको छैन, स साना बालबच्चा लिएर टिनको टहरामा रातदिन गुजारा चलाउनु परेको छ ।” भूकम्प गएदेखि नै जस्तापाताको छाना, जस्तापाताकै गारो र जस्तापाता कै ढोकाको घर बनाएर दिनरात कटाउन बाध्य रहेको गाहा बताउछन्। 

उनले भूकम्प पीडितका नाममा अहिलेसम्म राहतस्वरुप खाद्यान्न सामग्री, त्रिपाल, जाडोको कपडाका लागि रु ३५ हजार रकम बुझेको बताए । “सरकारले घर बनाइदिने भनेर आश्वासन मात्र दियो, घर बनाउन दिने भनेको राहत रकमको पखाईमा तीन वर्ष बित्न लाग्यो” उनको भनाइ छ । 

घर बनाउनका लागि सरकारले रु तीन लाख दिन्छ भनेर कागजपत्र सम्बन्धित निकायमा पेश गरे पनि अहिलेसम्म राहत पाउने प्रक्रिया के भइरहेको छ, पाइन्छ कि पाइँदैन यसबारेमा कुनै जानकारी नभएको उनी बताउछन् । 

रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा २०७२ को भूकम्पबाट १४१ घरमा भौतिक क्षति पुगेको विवरण राहतका लागि निवेदन संकलन भएकोमा प्राविधिकको स्थलगत अध्ययनपछि ३९ घरलाई सरकारी राहत पाउने गरी वर्गीकरण गरिए पनि अधिकांश पीडितले राहत रकम अझै पनि नपाउँदा टहरामै बस्न बाध्य रहेको स्थानीयवासी एवत सारु बताउछन् । 

सरकारले पहिलो चरणमा रु ५० हजार, दोस्रो चरणमा रु एक लाख ५० हजार तथा अन्तिम चरणमा रु एक लाख गरी प्रत्येक भूकम्प पीडित परिवारलाई रु तीन लाखका दरले घर बनाउन सहयोग गर्ने बताए पनि यी योजना कागजमा सीमित रहेको पीडितले गुनासो गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै