• २०८१ बैशाख ७ शुक्रबार

खेलपछि सन्दीपले अमित मिश्रालाई के भने ? (भिडियो सहित)

kharibot

काठमाडौँ । आइपिएलमा आइतबार अन्तिम खेल खेलेको दिल्लीले जितसँगै मुम्बईलाई प्लेअफमा जानबाट रोकेको छ ।

अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दिल्लीलाई जिताएका नेपाली युवा बलर सन्दीप लामिछाने  र अमित मिश्राले खेल पछि आफ्नो यस सिजनको आइपिएलको अनुभव साटासाट गर्दै कुराकानी गरेका छन् ।

कुराकानीका क्रममा भारतीय राष्ट्रिय टिमका पुर्वखेलाडी अमित मिश्राले सन्दीपसँग खेलेको यस आइपिएलमा आफुले निकै रम्रो अनुभव गरेको बताए । सन्दीपले पनि अमितसँगको सो कुराकानीमा सिनियर खेलाडीहरुले आफुलाई निकै माया गरेको भन्दै पहिलो सिजनबाट धेरै कुरा सिक्न पाएको बताए ।

सन्दीपले यस आइपिएलमा तीन खेल खेल्दै ५ विकेट लिए भने अमित मिश्राले १० खेल खेल्दै १२ विकेट लिएका छन् ।

सन्दीप र अमितको कुराकानी भिडियोमा हेरौ :     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै