• २०८१ बैशाख ८ शनिबार

मेसीले जिते पाँचौ पटक युरोपियन गोल्डेन सुज  

kharibot

काठमाडौँ । बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनेल मेसीले यस सिजनको युरोपियन गोल्डेन सुज जितेका छन् । 

युरोपका लिगहरु मध्ये यस सिजनमा धेरै ३४ गोल गरेका मेसीले शिर्ष स्थानमा रहदै युरोपियन गोल्डेन सुज जितेका हुन् । 

मेसीले यस सिजनको ला लिगामा ३४ गोल गरेका थिए भने इङलिश प्रिमियर लिगमा लिभरपुलका मोहमद सलाहले ३२ गोल गर्दै दोस्रो स्थानमा रहे । त्यस्तै प्रिमियर लिगबाटै टोटनह्यामका ह्यारी केन ३० गोल गर्दै तेस्रो स्थानमा रहेका छन् । चौथो स्थानमा इटालियन सिरी ए लाजियोका किरो इम्मोबिल र मौरो आईकार्ड़ो तथा जर्मनीको बुन्डेसलिगामा बायर्न म्युनिख रोबेर्ट लेवान्डोसकीले २९-२९ गोल गरेका छन् ।

योसँगै मेसीले युरोपियन गोल्डेन सुज अवार्ड लगातार दोस्रो बर्ष जितेका छन् भने मेसीले यस अघि २००९-१० मा ३४ गोल, २०११-१२ मा ५० गोल, २०१२-१३ मा ४६ गोल, २०१६-१७ मा ३७ गोल गर्दै ५ पटक युरोपियन गोल्डेन सुज अवार्ड जितेका छन् ।         

यस पटकको गोल्डेन सुज जितेसँगै मेसी युरोपमा सबै भन्दा बढी पटक गोल्डेन सुज जित्ने खेलाडी पनि बनेका छन् ।  मेसीले ५ पटक यो अवार्ड जितेका छन् भने क्रिस्टियानो रोनाल्डोले ४ पटक जितेका छन् ।

साथै बार्सिलोनाका खेलाडीले भने ७औ पटक युरोपियन गोल्डेन सुज जितेका छन् भने रियल म्याड्रिडका खेलाडीले ४ पटक जितेका छन् । 

त्यस्तै युरोपका लिगमा ला लिगाबाट ७ खेलाडीले १४ पटक गोल्डेन सुज जितेका छन् भने पोर्चुगलको प्रिमेरा लिगबाट ४ खेलाडीले ७ पटक र इङलिश प्रिमियर लिगबाट ४ खेलाडीले ५ पटक युरोपियन गोल्डेन सुज अवार्ड जितेका छन् ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै