• २०८१ बैशाख ८ शनिबार

बार्सिलोना ला लिगाको अन्तिम खेलमा विजयी, कोन्टिन्होले गरे निर्णायक गोल 

kharibot

काठमाडौँ । बार्सिलोनाले आफ्नो ला लिगाको अन्तिम खेल जितेर ला लिगाको अन्त्य गरेको छ । 

यस अघि नै ला लिगाको उपाधि जितेको बार्सिलोनाले गएराती भएको खेलमा रियल सोसियडाडलाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम खेलमा जित हासिल गरेको हो ।बार्सिलोनाको जितमा फिलिप कोन्टिन्होले खेलको एक मात्र गोल गरेका थिए । खेलको ५७औ मिनेटमा कोन्टिन्होले गोल गरेका थिए । 

बार्सिलोनाले ३८ खेलमा ९३ अंक हासिल गर्दै यस सिजनको अन्त्य गरेको छ । दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडले ३८ खेलमा ७९ अंक र तेस्रो स्थानमा रहेको रियल म्याड्रिडले ३८ खेलमा ७६ अंक हासिल गरेका छन् ।

बार्सिलोनामा आफ्नो अन्तिम खेल खेलका आन्द्रे इनेस्टाले यो खेलसँगै बार्सिलोनाबाट बिदा भएका छन् । इनेस्टाले बार्सिलोनामा आफ्नो क्यारियरको ६७४ खेल खेलेका छन् । 

साथै बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याम्प नेउमा लगातार ३५ खेलमा अपराजित भएको छ जसमा २९ जित र ६ बराबरी खेलेको छ ।  यस अघि बार्सिलोना सन १९९३ मा आफ्नो घरेलु मैदानमा ४० खेलमा अपराजित रहेको थियो । 

यस सिजनमा बार्सिलोनाले ९९ गोल गरेको छ ।  सय गोल गर्न असफल भएको बार्सिलोनाले यस अघि एक सिजनमा गरेको उच्च गोल संख्या ९५ थियो ।  बार्सिलोनाले सन २०१०/११ सिजनमा ९५ गोल गरेको थियो । 

बार्सिलोनाबाट यस सिजनमा लियोनेल मेसीले ला लिगा कै सर्वाधिक गोल ३४ गोल गर्दै गोल्डेन बुट जितेका छन् ।  यस सिजनको ला लिगामा क्रिस्टियानो रोनाल्डो २६ गोल गरेका छन् भने लुइस स्वरेजले २५ गोल गरेका छन् ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै