बार्सिलोना ला लिगाको अन्तिम खेलमा विजयी, कोन्टिन्होले गरे निर्णायक गोल 

खरीबोट

काठमाडौँ । बार्सिलोनाले आफ्नो ला लिगाको अन्तिम खेल जितेर ला लिगाको अन्त्य गरेको छ । 

यस अघि नै ला लिगाको उपाधि जितेको बार्सिलोनाले गएराती भएको खेलमा रियल सोसियडाडलाई १-० गोल अन्तरले पराजित गर्दै अन्तिम खेलमा जित हासिल गरेको हो ।बार्सिलोनाको जितमा फिलिप कोन्टिन्होले खेलको एक मात्र गोल गरेका थिए । खेलको ५७औ मिनेटमा कोन्टिन्होले गोल गरेका थिए । 

बार्सिलोनाले ३८ खेलमा ९३ अंक हासिल गर्दै यस सिजनको अन्त्य गरेको छ । दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडले ३८ खेलमा ७९ अंक र तेस्रो स्थानमा रहेको रियल म्याड्रिडले ३८ खेलमा ७६ अंक हासिल गरेका छन् ।

बार्सिलोनामा आफ्नो अन्तिम खेल खेलका आन्द्रे इनेस्टाले यो खेलसँगै बार्सिलोनाबाट बिदा भएका छन् । इनेस्टाले बार्सिलोनामा आफ्नो क्यारियरको ६७४ खेल खेलेका छन् । 

साथै बार्सिलोनाले आफ्नो घरेलु मैदान क्याम्प नेउमा लगातार ३५ खेलमा अपराजित भएको छ जसमा २९ जित र ६ बराबरी खेलेको छ ।  यस अघि बार्सिलोना सन १९९३ मा आफ्नो घरेलु मैदानमा ४० खेलमा अपराजित रहेको थियो । 

यस सिजनमा बार्सिलोनाले ९९ गोल गरेको छ ।  सय गोल गर्न असफल भएको बार्सिलोनाले यस अघि एक सिजनमा गरेको उच्च गोल संख्या ९५ थियो ।  बार्सिलोनाले सन २०१०/११ सिजनमा ९५ गोल गरेको थियो । 

बार्सिलोनाबाट यस सिजनमा लियोनेल मेसीले ला लिगा कै सर्वाधिक गोल ३४ गोल गर्दै गोल्डेन बुट जितेका छन् ।  यस सिजनको ला लिगामा क्रिस्टियानो रोनाल्डो २६ गोल गरेका छन् भने लुइस स्वरेजले २५ गोल गरेका छन् ।     

सम्बन्धित समाचार

रोनाल्डो बिना रियल म्याड्रिडको विजयी सुरुवात, कार्भाजल र बेलले गरे गोल  

काठमाडौँ।  स्पेनिस ला लिगामा रियल म्याड्रिडले विजयी सुरुवात गरेको छ।  गएराती भएको खेलमा रियल म्याड्रिडले गेटाफेलाई २-० ले पराजित गर्दै नयाँ सिजनको उत्कृष्ट सुरुवात गरेको हो।  रियलको जितमा डानियल कर्भाजल र

ला लिगामा बार्सिलोनाको विजयी सुरुवात, मेसीले बनाए नयाँ रेकर्ड 

काठमाडौँ। ला लिगामा गत बर्षको च्याम्पियन बार्सिलोनाले विजयी सुरुवात गरेको छ।  गएराती भएको ला लिगाको पहिलो खेलमा बार्सिलोनाले डिपोर्टिभो आल्भेजलाई ३-० गोल अन्तरले पराजित गर्दै विजयी फुरुवात गरेको छ।  बार्सिलोनाका लागि

रियलले गर्यो इन्टर मिलानविरुद्ध फिफामा उजुरी, मोड्रीचसँग गैरकानुनी तवरले सम्पर्क गरेको आरोप 

काठमाडौँ। स्पेनिस क्लब रियल म्याड्रिडले आफ्ना मिडफिल्डर लुका मोड्रीचलाई इटालियन क्लब इन्टर मिलानले गैरकानुनी तवरले सम्पर्क गरिरहेको विषयमा फिफामा उजुरी गरेको छ। रियलले क्रोसियन प्लेमेकर मोड्रीचलाई इटाली लैजान खोजेको भन्दै

रियल म्याड्रिडलाई हराउदै एथलेटिकोले जित्यो युइएफए सुपरकपको उपाधि

काठमाडौँ।  एथलेटिम्याड्रिडले रियल म्याड्रिड पराजित गर्दै यूएफए सुपरकपको उपाधि जितेको छ । च्याम्पियन्स लिग विजेता र युरोपियन कप विजेता टिमबीच खेलिने यस सुपरकपमा एथलेटिकोले अतिरिक्त समयसम्म खेलिएको खेलमा रियललाई ४-२