काठमाडौँ । आइपिएलमा मुम्बईविरुद्ध खेलिरहेका सन्दीप लामिछानेले आजको खेलमा पनि पहिलो ओभर बलिङ गर्दै एक विकेट लिएका छन् ।
दिल्लीको बलिङको सुरुवात गरेका सन्दीपलाई पहिलो तीन बलमा १२ रन हानेका सुर्यकुमार यादव चौथो बलमा आउट भएका थिए ।
यससँगै सन्दीपले यस आइपिएलमा तेस्रो विकेट लिएका छन् ।
यसअघि पहिलो खेलमा पार्थिव पटेल र दोस्रो खेलमा सुरेश रैनाको विकेट लिएका सन्दीपले यस खेलमा मुम्बईका ओपनर सूर्यकुमार यादवको विकेट लिएका हुन् । सन्दीपले पहिलो ओभरमा १३ रन दिएर एक विकेट लिएका छन् ।