• २०८१ बैशाख १२ बुधबार

पूर्वाधार विकास बैंक खोल्नको लागि राष्ट्र बैंकले दियो सहमति

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक खोल्नको लागि सैद्धान्तिक सहमति दिएको छ ।

राष्ट्रको पूर्वाधार विकास गर्ने कार्यका लागि अहं भूमिका तथा योगदान पु¥याउने लक्ष्यसहित सरकारले सार्वजनिक निजी–साझेदारीको प्रारुपअनुरुप पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रतिवद्धता गरे अनुसार उक्त बैंक खोल्नको लागि अनुुमति दिएको हो । 

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, सैद्धान्तिक सहमति एवम् सिफारिस समितिका पदाधिकारीहरु लगायत बैंकमा संचालक समितिकोे समुपस्थितिमा नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालल आइतबार एक समरोह बिचनेपाल इस्फ्रास्ट्रक्चर बैंक लिमिटेड स्थापनाको लागि सैद्धान्तिक अनुमति दिएका हुुन । 

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको चुक्तापुँजी २० अर्ब रुपैयाँ रहेको छ । जसमध्ये संस्थापक समुहको तर्फबाट १२ अर्ब र सर्वसाधारण समुहको तर्फबाट आठ अर्ब रुपैयाँ सेयर पुँजी रहनेछ । बैंकमा सरकारको तर्फबाट १० प्रतिशत, संस्थापकको तर्फबाट ५० प्रतिशत र सर्वसाधारण जनताको तर्फबाट ४० प्रतिशत सेयर रहेको छ ।

सैद्धान्तिक सहमतिप्राप्त भएको मितिले छ महिना भित्रमा बैंक सञ्चालन गर्न आवश्यक पूर्वाधार जुटाई वित्तीय कारोबार गर्ने अनुमतिका लागि निवेदन नेपाल राष्ट्र बैंकमा दर्ता गराउनुपर्ने व्यवस्था रहेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडमा नेपाल सरकार लगायत देशका विभिन्न वाणिज्य बैंकहरु, बीमा कम्पनीहरु त्था निजी क्षेत्रको लगानीरहेको छ ।

बैंकको मुख्य उद्देख्य पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा कर्जा प्रवाह तथा सेयरमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजना सञ्चालन गर्ने कम्पनीहरुको धितोपत्रमा लगानी गर्ने, पूर्वाधार विकास सम्बन्धी परियोजनाहरु निर्माण तथा सञ्चालनको लागी आवश्यक मेसिन, उपकरण तथा औजारको खरिद, विक्री वा आपूर्ति वा जडान सम्बन्धी कारोबारको लागि प्रतितपत्र खोल्ने तथा जमानतपत्रहरु जारी गर्ने,  राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधार विकास सम्बन्धी परियोजनाहरुमा लगानी गर्न आवश्यक पुँजी रकम जुटाउनको लागि विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने तथा लिजीङ्ग कारोवार गर्ने, दिर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिवेन्चर जारी गरी श्रोत परिचालन गर्ने, विदेशी बैंक तथ ावित्तीय संस्थाको जमानत स्वीकार गरी परियोजनामा कर्जा तथा सुविधाप्रदान गर्ने रहेको छ । 

बैंक स्थापना पश्चात नेपालको ठूला ठूला परियोजनामा लगानी गर्नका लागि पुँजी परिचालन हुने, सरकार लगायत स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको लागि परियोजना तर्जुमा, मूल्याङ्कन तथा जोखिम व्यवस्थापन सम्बन्धमा  सर–सल्लाह प्रदान गर्ने, स्वदेशी तथा विदेशी लगानीकर्ताहरुको लागि पुँजी परिचालन गर्न आवश्यक प्रवेशद्धारकोरुपमा कामगर्ने र सरकारी तथा निजी क्षेत्रलाई पूर्वाधार क्षेत्रमा लगानीगर्न उत्साहित गरी देशको आर्थिक विकासमा टेवा पु¥याउने लक्ष्य लिइएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै