• २०८१ बैशाख ८ शनिबार

अमलेखगञ्जमा पाँच करोडको ‘हात्तीगाउँ रिसोर्ट’ सञ्चालनमा

kharibot

बारा । बाराको पर्यटकीय नगरी अमलेखगञ्जमा सुविधासम्पन्न हात्तीगाउँ रिसोर्ट सञ्चालनमा आएको छ । सिमराका सफल होटल व्यवसायी मोहन शर्मा लामिछानेको पाँच करोडको लगानीमा हात्तीगाउँ रिसोर्ट सञ्चालनमा आएको हो । 

रिसोर्टको एक कार्यक्रमका बीच धुर्मुस–सुन्तली फाउण्डेसनका सञ्चालकद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दे कार्यक्रमका प्रमुख अतिथि सीताराम कट्टेल धुर्मुसले अमलेखगञ्जलाई प्रदेश नम्बर २ कै पर्यटकीय केन्द्र बनाउँन सम्बद्ध सबै पक्ष लाग्नुपर्ने बताए । 

सबै पक्ष एकजुट भए पर्यटकीय केन्द्रका हिसावले यस क्षेत्र नमुना बन्न सक्ने भन्दै उनले विशेष पहलका साथ अभियानमा होमिन सबैलाई आग्रह गरे । 

त्यस्तै कार्यक्रममा बोल्दै कुञ्जना घिमिरे सुन्तलीले यस्ता किशिमका रिसोर्टले यस क्षेत्रमा पर्यटक भित्र्याउँन ठुलो भुमिका खेल्ने बताईन् । 

कार्यक्रममा प्रदेश सभा सद्स्य सुन्दर विश्वकर्मा, सीता गुरुङ्ग, बाराका प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धर, विशिष्ठ अतिथि नेपाली काँग्रेसकी नेतृ एवंम् पुर्व सासंद मधु शाही, नेकपा एमाले बाराका उपाध्यक्ष देवनारायण चौधरी, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं पर्यटन अभियन्ता राजन पौडेल लगायतको उपस्थिति रहेको थियो । 

रिसोर्टमा साना ठुला गरी पाँचवटा कटेज, आरामदायी आठवटा कोठा, दुई सय जना अँट्ने सभाहलको सुविधा रहेको सञ्चालक शर्माले बताए ।

पर्सा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकहरुको सुविधालाई मध्य नजर गर्दे रिर्सोट सञ्चालन गरिएको शर्माले बताए । शर्माले अमलेखगंजलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आजदेखि सञ्चालनमा आएको हात्ति गाउँ रिसोर्टले ठूलो भूमिका खेल्ने समेत जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै