• २०८१ बैशाख १३ बिहीबार

आईफोन–८ सेप्टेम्बर १२ मा, अरू के-के ल्याउँदै छ एप्पलले ?

kharibot

लण्डन । प्रसिद्ध प्रविधि कम्पनी एप्पलले एकैसाथ तीनवटा आईफोनसहित पाँचवटा एप्पल प्रडक्ट आगामी सेप्टेम्बर १२ मा ल्याउने भएको छ । वालस्ट्रिट जर्नलको रिपोर्टअनुसार एप्पलले ठूलो इभेन्ट आयोजना गरी ती उत्पादनहरु सार्वजनिक गर्नलागेको हो ।

खास गरी इभेन्टको आकर्षण आईफोन ८ हुने भए पनि ब्लुमबर्गका अनुसार एप्पलले आईफोन ८, आईफोन ७एस, आईफोन ७एसप्लस, एप्पलवाच र एप्पल टिभी स्ट्रिमिङ बक्स लञ्च गर्नेछ । रिपोर्टमा लेखिएको समाचारअनुसार एप्पलपार्कको स्टिभ जब्स थिएटरमा इभेन्ट हुनेछ, त्यहाँ नभए बिल ग्राहम सिविक अडिटोरियमलाई विकल्पका रुपमा अघि सारिएको छ ।

सूत्रहरुलाई उद्धृत गर्दै वालस्ट्रिटले लेखेको समाचारअनुसार एप्पलले तीनवटा फरक फरक आईफोन सार्वजनिक गर्नलागेको हो । विशेष गरी इभेन्टको आकर्षण भने आईफाने ८ नै हुनेछ, जुन अन्य मोडलको तुलनामा महंगो त छँदै छ, एजटुएज डिस्प्ले र अनुहार पहिचान गर्नसक्ने प्रविधिको समेत सुविधा हुनेछ ।

त्यसबाहेक एप्पलले इभेन्टमा एलटीई सेल्युलर चिपवाला नयाँ एप्पल वाच सार्वजनिक गर्नेछ । यो घडीले वायरलेस सेवाबाट सिधा डाटा एक्सेस गर्नसक्ने गरी निर्माण गरिएको छ । यो घडीले कल गर्ने, इमेल वा म्यासेज गर्नको लागि आईफोनमा भर पर्नुपर्ने बाध्यतालाई कम गर्नेछ ।

विश्लेषकहरुका अनुसार आईफोन८ को मूल्य एक हजार डलर अर्थात् एक लाख नेपाली रुपैयाँको आसपासमा हुनेछ । यद्यपि यसको सबैभन्दा धेरै मेमोरी भएको फोनलाई भने १४ सय डलर अर्थात् करिब डेढ लाख पर्नसक्ने बताइएको छ । दाबी गरिएअनुसार इभेन्टमा चार हजार एप्पल टीभी लञ्च हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै