• २०८१ बैशाख ५ बुधबार

आइपिएलमा सुनिल नारायणले बनाए अलराउन्डरको यस्तो रेकर्ड 

kharibot

काठमाडौँ । आइपिएलका लिग चरणका खेलहरु आज सकिदै छन् ।

सनराइजर्स हैदरावाद, चेन्नई सुपर किंग्स र कोलकोता नाइटराइडर्स प्लेअफमा पुगिसकेका छन् भने मुम्बई इन्डियन्स, किंग्स इलेभेन पंजाव र राजस्थान रोयल्स मध्ये एक टिम आज हुने खेलबाट प्लेअफमा पुग्ने छन् ।

यस आइपिएलमा ब्याटिंग र बलिङ दुवैबाट आफ्नो खेल देखाउने खेलाडीको सुचिमा कोलकोताका सुनिल नारायणको नाम अगाडी आउछ । उनी आफ्नो उत्कृष्ट बलिङबाट टिमलाई योगदान गर्दै आएकोमा यस सिजनमा उत्कृष्ट ब्याटिंग गर्दै आइपिएलमा रेकर्ड समेत बनाएका छन् ।

आफ्नो लिग चरणको अन्तिम खेलमा सनराइजर्सलाई पराजित गर्न सुनिलले महत्वपूर्ण योगदान दिए । उनले १० बलमा २९ रन बनाए भने एक विकेट पनि लिए ।

सुनिलले यस सिजनमा १४ खेलमा १६ विकेट लिएका छन् भने उत्कृष्ट ब्याटिंग गर्दै ३२७ रन पनि बनाएका छन् । यसरी आइपिएलको एक सिजनमा ३ सय भन्दा बढी रन र १५ भन्दा बढी विकेट लिने सुनिल चौथो खेलाडी बनेका छन् ।

यस सुचिमा सबैभन्दा अगाडी हाल चेन्नईबाट खेलिरहेका शेन वाटशनको नाम रहेको छ । वाटशनले आइपिएलको पहिलो सिजन २००८ मा उत्कृष्ट ब्याटिंग गर्दै ४७२ रन बनाएका थिए भने बलिङतर्फ १७ विकेट लिएका थिए ।

त्यस्तै यस सुचिमा दोस्रो खेलाडी चेन्नई कै डवेन ब्राभो रहेका छन् । ब्राभोले २०१२ को आइपिएलमा ३७१ रन बनाएका थिए भने १५ विकेट पनि लिएका थिए ।

त्यस्तै यस सुचिमा तेस्रो खेलाडी ज्याक कालिस रहेका छन् । कालिसको नाममा आइपिएलमा दुई सिजनमा ३ सय भन्दा बढी रन र १५ भन्दा बढी विकेट लिने रेकर्ड रहेको छ ।

कोलकोताबाट खेल्दै कालिसले २०१२ मा ४०९ रन बनाएका थिए भने १५ विकेट पनि लिएका थिए । त्यस्तै २०१३ मा पनि कालिसले कोलकोताका लागि ३११ रन र १६ विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै