• २०८१ बैशाख १३ बिहीबार

'ऐश्वर्य' लाई पाउन रमेश र प्रशान्तको टकराव  

kharibot

काठमाडौँ । नेपाली फिल्म 'ऐश्वर्य'को टीजर सार्वजनिक भएको छ ।

'ऐश्वर्य'को टीजरमा ऐश्वर्य बनेकी दीपिका प्रसाईलाई पाउन अभिनेता रमेश उप्रेती र प्रशान्त ताम्राकारको टकराव देखाइएको छ । यस फिल्मको यसअघि सार्वजनिक भएको 'तिमी रोएको पल' बोलको गीत अहिले निकै चर्चित भैरहेको छ ।

फिल्मको कथा पनि यहि टकरावको वरिपरी रहेको अनुमान यस तिज्रबाट गर्न सकिन्छ । फिल्ममा ‘ऐश्वर्य’ को भूमिका निभाएकी अभिनेत्री दीपिका प्रसाईले सुपर मोडलको भूमिका निभाएकी छन् ।

निर्माण पक्षले टिजर सार्वजनिक गर्दै कात्तिक २ गते प्रदर्शन गर्ने भनिएकोमा एक हप्ता पछि सार्दै फिल्मलाई कात्तिक ९ गतेलाई रिलिज गर्ने जानकारी गराएका छन् । 

फिल्ममा रमेश उप्रेती , दीपिका प्रसाई , केकी अधिकारी , प्रशान्त ताम्राकार , अर्जुन श्रेष्ठ , निर्मल शर्मा , तेंजु योन्जन लगायतको अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस फिल्ममा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका छन् । 

फिल्म ‘ऐश्वर्य’ को टिजर :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै