काठमाडौँ । स्पेनिस क्लबले तेस्रो स्थानमा रहदै यस सिजनको ला लिगाको अन्त्य गरेको छ ।
गएराति भिल्ला रियल विरुद्धको खेल २-२ गोलको बराबरीमा सकिएपछि रियलले ३८ खेलमा ७६ अंकसहित तेस्रो स्थानमा रहदै सिजनको अन्त्य गरेको हो ।
खेलको ११औ र २२औ मिनेटमा ग्यारेथ बेल र क्रिस्टियानो रोनाल्डोको गोलको मद्धतले २-० को अग्रता लिएको रियलले खेलको अन्तिम समयतिर २ गोल खादा खेल बराबरीमा चित्त बुझाउनु परेको थियो ।
यसै खेलमा डेभ्यु गरेका म्यानेजर जिनेदिन जिदानका छोरा गोलकिपर लुकास जिदानको गलत जजमेन्टका कारण रियलले गोल खाएको थियो । २० बर्षिय लुकासले ला लिगाको यस सिजनको अन्तिम खेलमा रियलबाट डेभ्यु गरेका थिए ।
भिल्लारियलले खेलको दोस्रो हाफमा उत्कृष्ट कमब्याक गर्दै खेल बराबरी गरेको थियो । भिल्लारियलका लागि रोजर मार्टिनजले खेलको ७०औ मिनेटमा र सामु कास्टिलेजोले खेलको ८५औ मिनेटमा गोल गरेका थिए ।
रियल अब यस सिजनमा च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलसँग आगामी मे २६ मा खेल्दै छ ।