• २०८१ बैशाख ७ शुक्रबार

विराट कोहलीको बैंगलोर प्लेअफमा पुग्न असफल, जितपछि राजस्थानको सम्भावना कायमै  

kharibot

काठमाडौँ । आइपिएलको यस सिजनमा रोयल च्यालेन्जर्स बैंगलोर प्लेअफमा पुग्न असफल भएको छ । 

शनिबार भएको पहिलो खेलमा राजस्थान रोयल्ससँग ३० रनले पराजित भएपछि प्लेअफमा पुग्न असफल भएको हो । 

जितसँगै राजस्थान भने १४ अंकसहित प्लेअफको नजिक पुगेपनि यसको टुंगो भने अन्य टिमको खेल सकिएपछि मात्र लाग्ने भएको छ ।

राजस्थानले दिएको १६५ रनको लक्ष्य पछ्याएको बैंगलोरले १९.२ ओभरमा अलआउट हुदै १३४ रन बनाएपछि खेल ३० रनले हारेको थियो ।

बैंगलोरमाथि जित हासिल गर्ने क्रममा राजस्थानका बलर श्रेयस गोपालले ४ विकेट लिएका थिए भने जयदेव उनदकान्त र बेन लौघलिनले २ विकेट लिएका थिए । त्यस्तै गोथ्वाम र इश सोढ़ीले एक एक विकेट लिएका थिए । त्यस्तै बैंगलोरका लागि एबी डिविलीयर्सले सर्वाधिक ५३ रन बनाएका थिए भने पार्थिव पटेलले ३३ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाउदै १६४ रन बनाएको थियो । राजस्थानका लागि राहुल त्रिपाठीले सर्वाधिक ८० रन बनएका थिए । त्यस्तै कप्तान अजिख्य रहानेले ३३, हेनरिक क्लासेनले ३२ र गोथ्वामले १४ रन बनाएका थिए ।

राजस्थानले यो जितपछि १४ खेलमा १४ अंक बनाएको छ । त्यस्तै किंग इलेभेन पंजाव १३ खेलमा १४ अंक रहेको छ । सनराइजर्स हैदरावाद र चेन्नई सुपरकिंग्स प्लेअफमा पुगेका छन् भने अब दुई स्थानको लागि राजस्थान, पंजाव, मुम्बई र कोलकोता प्रतिष्पर्धामा रहेका छन् ।    
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै