• २०८१ बैशाख ७ शुक्रबार

भारतको कर्नाटकमा नियुक्ति पाएको ५५ घण्टामै मुख्यमन्त्रीले दिए राजीनामा

kharibot

नयाँ  दिल्ली । भारतको कर्नाटका राज्यका मुख्यमन्त्री यदुरप्पाले मुख्यमन्त्रीमा नियुक्त भएको ५५ घण्टामा राजीनामा दिएका छन् ।

हालै सम्पन्न विधान सभा निर्वाचनमा ठुलो दल बनेको भारतीय जनता पार्टीलाई राज्यपालले सरकार बनाउने निम्तो दिएपछि यदुरप्पालाई मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

विधान सभामा दोस्रो र तेस्रो स्थानमा रहेका भारतीय काँग्रेस र जेडीयससँग बहुमत हुदा हुदा बिजेपीलाई सरकार बनाउन दिएको भन्दै उनीहरुले अदालतको ढोका ढकढकाएका थिए ।

अदालतले शनिबार बहुमत साबित गर्न आदेश दिएपछि बहुमत साबित गर्नु अघि मुख्यमन्त्रीले राजीनामा दिएका हुन् । बहुमत साबित गर्नु अघि नै हार मानेर यदुरप्पाले राजीनामा दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्टका अनुसार राज्यपालले अब काँग्रेस र जेडियसको गठबन्धनलाई सकार बनाउन निम्तो दिने बताएका छन् । कर्नाटकामा २२४ सदस्यीय विधान सभामा विजेपीले १०४, काँग्रेस ७८ र जेडीयसले ३८ विधायक रहेका छन् । 
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै