• २०८१ बैशाख १२ बुधबार

दुई खेल खेलेका सन्दीप आइपिएलमा यस्तो रेकर्ड राख्दै छन् शिर्ष स्थानमा  

kharibot

काठमाडौ । आइपिलमा दिल्ली डेयरडेभिल्सबाट केबल दुई खेल मात्र खेलेका सन्दीपले यस सिजनमा सबैभन्दा कम रन दिने बलर बनेका छन् ।

११ खेलमा बेन्चमा बसेका सन्दीपले दुई खेलमा ८ ओभर बलिङ गर्दै इकोनोमी रेटको आधारमा शिर्ष स्थानमा रहेका छन् ।

सन्दीपले दुई खेलमा ८ ओभर बलिङ गर्दै ४६ रन दिएर दुई विकेट लिएका छन् । सन्दीपको प्रति विकेट रन २३ छ भने उनको इकोनोमी ५.७५ प्रति ओभर रहेको छ ।

यस सुचिमा दोस्रो स्थानमा राजस्थानका इश सोढ़ी रहेका चाहन उनको इकोनोमी रेट ५.९३ रहेको छ । त्यस्तै तेस्रो स्थानमा सनराइजर्स हैदरावादका सन्दीप शर्मा रहेका छन् उनको इकोनोमी ६.३१ रहेको छ ।

त्यस्तै चौथो स्थानमा रहेका राजस्थानका डी आर्ची शर्टको इकोनोमी ६.३३ रहेको छ । पाचौ स्थानमा मुम्बईका जप्रित बुमराह रहेका छन् उनको इकोनोमी ६.८६ रहेको छ ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै