कहिले पत्थर झैँ
बनिदिन्छ मान्छे ।
कहिले एकतमासले
हेरेर मूर्ति झैँ टक्क
बसिदिन्छ मान्छे।
कहिले साधु बनेर
भस्म घस्द मान्छे।
बुझ्नै नसक्ने बडो
विचित्रको पो हुन्छ मान्छे।
कहिले अन्तर विमान
चढी त्यो निलो आकाशलाई
यही बाट छुँदै माथी माथी
कल्पनामा हराउँछ मान्छे ।
कहिले आगो बले झैँ
बलीरहन्छ मान्छे ।
कहिले नौनी घ्यु
पग्ले झै पग्लिन्छ त
कहिले मौसम भन्दा
छिटै बद्लिन्छ मान्छे ।
बुझ्नै नसक्ने बडो
विचित्रको पो हुन्छ मान्छे ।
कहिले नदी बहे झैँ बहिरहन्छ
घरी घरी समुन्द्रको छाल बनेर
एकले अरूलाई बगाउँछ मान्छे ।
कहिले चिन्तित हुँदै आँखा
भरी आँसु पारी मुर्छित हुँदै
मर्दछ मान्छे ।
अहो ! कहिल्यै बुझ्नै नसक्ने
बडो विचित्रको पो हुन्छ मान्छे ।
कहिले कसैको चिर हरण
गरी खित्का छोडी
अबुझ बनी बस्द मान्छे ।
आँखै अगाडि सत्य
घाइते हुन्छ तर!
भित्र भित्रै लुकिदिन्छ मान्छे ।
बडो विचित्रको पो हुन्छ मान्छे ।