• २०८१ बैशाख १३ बिहीबार

नेपाल प्रहरीका ५ डिआईजीको सरूवा, को कँहा पुगे ?

kharibot

काठमाडौँ । नेपाल प्रहरीका ५ डिआईजीको सरूवा भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णय गर्दै पाँच डिआइजीको सरूवा गरेका हुन् ।

अपराध अनुसन्धान ब्युरोमा रहेका डिआईजी पुस्कर कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सरूवा गरिएको छ भने छबिलाल जोशीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरूवा गरेको छ । 

यस्तै महानिरीक्षकको सचिवालयमा रहेका मनोज न्यौपानेलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी सरूवा गरेका छन् ।

त्यस्तै प्रदेश प्रहरी कार्यालय प्रदेश १ का ज्ञानबिक्रम शाहलाई प्रहरी प्रधान कार्यालय मानव स्रोत विभागमा सरूवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयका डिआईजी धिरू बस्नेतलाई अपराध अनुसन्धान विभाग सरूवा गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै