• २०८१ बैशाख ८ शनिबार

बार्सिलोनाले दियो इनेस्टालाई बिदाई, अन्तिम खेल सोसियडाडविरुद्ध खेल्दै 

kharibot

काठमाडौँ । बार्सिलोनाका लिजेण्ड आन्द्रे इनेस्टाले बार्सिलोनामा अब आफ्नो अन्तिम खेल आइतबार राति खेल्दै छन् । ला लिग अन्तर्गतको यस सिजनको अन्तिम खेल बार्सिलोनाले रियल सोसियडाडविरुद्ध आफ्नो घरेलु मैदानमा खेल्दै छ ।

यसअघि नै यस सिजनपछि बार्सिलोना छोड्ने घोषणा गरेका इनेस्टाको यो बार्सिलोनामा अन्तिम खेल हुने छ । २० बर्षभन्दा बढी बार्सिलोनामा बिताएका इनेस्टाले ३२ भन्दा बढी ट्रफी र ६७० खेल खेलेर बिदा हुदै छन् । यस सिजनको लिग जितिसकेको बार्सिलोनाका लागि सोसियडाडविरुद्धको खेलको खासै महत्व नभएपनि आफ्ना लिजेण्डको अन्तिम खेल बार्सिलोनाले सुखद बनाउने तयारी गरेको छ । लगातार ४३ खेलको अपराजित यात्रा लेभान्टेसँग पछिल्लो खेल हारेपछि टुंगिएको बार्सिलोनाको सो खेलमा मेसीलाई नखेलाएकोमा कडा आलोचना भएको थियो ।

बार्सिलोनाले इनेस्टालाई आफ्नो क्लबमा आयोजित एक कार्यक्रममा औपचारिक विदाई गरेको छ । गएराती बार्सिलोनाको क्याम्प नेउमा आयोजित कार्यक्रममा इनेस्टालाई बिदाइ गरिएको छ ।

सो कार्यक्रममा बार्सिलोनाका पुर्व खेलाडी तथा अहिलेका खेलाडी तथा क्लबका अधिकारीहरुको उपस्थिति थियो ।

इनेस्टा यस्तो छ प्रदर्शन :

विश्व फुटबलमा धेरै कम खेलाडी हुन्छन जो व्यावसायिक रुपमा एकै क्लबबाट आफ्नो क्यारियर अन्त्य गर्छन । इनेस्टाले बार्सिलोनामा क्यारियरको अन्त्य नगरेपनि आफ्नो जीवनको महत्वपूर्ण १६ बर्ष बार्सिलोनाको सिनियर टिमका लागि खेलेका छन् । भने बार्सिलोनाको बि टिमका लागि २ बर्ष खेलेका छन् । भने त्यो भन्दा अगाडी करिब २ बर्ष बार्सिलोनाको एकेडेमीमा बिताएका इनेस्टा एउटै क्लबमा २० बर्षबह्न्दा बढी समय बिताएका बार्सिलोनाका मेरुदण्ड नै हुन् । त्यसैले उनका र बार्सिलोनाका फ्यान उनको क्लबबाट बहिर्गमन हुने खबरले दुखि भएका हुन् । 

क्लबमा उनको भूमिका एउटा प्ले मेकरको रह्यो । बार्सिलोनाका लागि १६ बर्षको सिनियर टिमको क्यारियरमा इनेस्टाले सबथोक हासिल गरे जो एउटा खेलाडीको सपना हुन्छ । क्लबलाई यसअवधिमा विभिन्न ३२ उपाधि जिताए । बार्सिलोनाका लागि खेलेको अन्तिम फाइनल भनिएको खेलमा उनले गोल समेत गरे ।

बार्सिलोनामा इनेस्टाले ९ ला लिगा, ६ कोपा डेल रे, ७ सुपर कोपा, ४ च्याम्पियन्स लिग, ३ युइएफए सुपर कोपा, ३ फिफा क्लब विश्वकप जितेका छन् भने यस सिजनको ला लिगा उपाधि जित्ने निश्चित प्राय रहेको छ ।

इनेस्टाले ला लिगामा २००९, २०११, २०१२, २०१३ र २०१४ मा गरि ५ पटक ला लिगाको उत्कृष्ट अट्याकिङ मिडफिल्डरको उपाधि जितेका छन् भने सन २००९ मा ला लिग को उत्कृष्ट खेलाडीको उपाधि जितेका चाहन । त्यस्तै उनले सन २००९ मा युरोपको उत्कृष्ट खेलाडीको उपाधि जितेका छन् ।

त्यस्तै २०१२ र २०१३ मा विश्वको उत्कृष्ट प्लेमेकरको उपाधि पनि जितिसकेका छन् । त्यस्तै इनेस्टा बेलुन डो अरमा २०१० मा दोस्रो स्थानमा आएका थिए भने २०११ मा चौथो र २०१२ मा तेस्रो स्थानमा रहेका थिए ।

बार्सिलोनाका लागि इनेस्टाले कुल ६६९ खेल खेल्दै ५७ गोल गरेका छन् । जसमा ला लिगामा ४३८ खेलमा ३५ गोल गरेका छन् ।

आफ्नो राष्ट्रिय टिमका लागि इनेस्टाले १२४ खेल खेल्दै १३ गोल गरेका छन् जसमा २०१० को फिफा विश्वकपको फाइनलमा नेदरल्याण्डविरुद्ध अतिरिक्त समयको चौथो मिनेटमा इनेस्टाले गोल गर्दै स्पेनलाई विश्वकपको उपाधि दिलाएका थिए ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै