• २०८१ बैशाख ५ बुधबार

अमेरिका अव उत्तर कोरियाली क्षेप्यास्त्र सीमाभित्र आएको नेता किमको दावी

kharibot

सोल, पछिल्लो अन्तरदेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षणलाई उत्तर कोरियाले सफल दावी गर्दै यो अमेरिकाकालाई ‘चेतावनी’ दिन गरिएको परीक्षण भएको जनाएको छ । पछिल्लो अन्तरदेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षणलाई उत्तर कोरियाले सफल दावी गर्दै यो अमेरिकाकालाई ‘चेतावनी’ दिन गरिएको परीक्षण भएको जनाएको छ । 

उत्तर कोरियाली राष्ट्रपति कीम जोङ उनले परीक्षणले उत्तर कोरियाको सारा अमेरिका भर क्षेप्यास्त्र प्रहार गर्न सकिने क्षमता प्रमाणित गरेको गर्वका साथ बताउनुभएको बताएका कोरियन केन्द्रिय समाचार संस्था (केसिएनए)ले उल्लेख गरेको छ । 

केसिएनएले भनेको छ, “हाम्रा नेताले गर्वसाथ भन्नुभएको छ कि अमेरिकाको सम्पूर्ण क्षेत्र अव प्योङयाङको क्षेप्यास्त्र प्रहारको पहुँचमा आएको छ ।” 

यसैबीच अमेरिकी विदेशमन्त्रीले रेक्स टिलरसनले उत्तर कोरियाली गतिविधि उत्तेजक बन्नुमा बेइजिङ् र रसिया दोषी रहेको आरोप लगाउनुभएको छ । त्यस्तै पेन्टागनका प्रवक्ता क्याप्टेन जेफ डेभीसले अमेरिका आफ्नो बचाउका लागि तयार रहेको बताए । 

परीक्षण पछि अमेरिकी विदेशमन्त्री टिलरसन र जापानी विदेशमन्त्री कुमिओ किसिदाबीच टेलिफोन वार्ता भएको छ । उत्तरका उत्तेजित गतिविधिलाई रोक्न सम्भावित व्यापक दवाव दिनुपर्ने वार्तामा कुसिदाले अमेरिकी विदेशमन्त्रीसँग आग्रह गर्नुभएको जनाइएको छ । 

शनिबारको यो परीक्षणको पुष्टि गर्दै उत्तर कोरियाले क्षेप्यास्त्र ४७ मिनेटसम्म उडेको र १० हजार किलोमीटरको सैद्धान्तिक दुरीको उचाइमा पुगेको जनाएको छ । जुलाईमा मात्र उत्तर कोरियाले योे दोश्रो अन्तरमहादेशीय क्षेप्यास्त्रको परिक्षण गरेको हो । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसलाई “उत्तर कोरियाली शासकको अविवेकी र खतरनाक कदम” भन्ने प्रतिक्रिया दिएका छन् । अमेरिका, जापान र दक्षिण कोरियाले प्योङयाङको पछिल्लो कारवाहीको भत्सर्ना गरेका छन् । जापानी प्रधानमन्त्री शिन्जो आबेले क्षेप्यास्त्र परिक्षण आफ्नोे मुलुकको लागि गम्भीर खतरा भएको बताए । 

त्यसैगरी दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले मध्यरातमा आपतकालीन सुरक्षा बैठक बोलाई छलफल गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै