अमेरिका अव उत्तर कोरियाली क्षेप्यास्त्र सीमाभित्र आएको नेता किमको दावी

खरीबोट

सोल, पछिल्लो अन्तरदेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षणलाई उत्तर कोरियाले सफल दावी गर्दै यो अमेरिकाकालाई ‘चेतावनी’ दिन गरिएको परीक्षण भएको जनाएको छ । पछिल्लो अन्तरदेशीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षणलाई उत्तर कोरियाले सफल दावी गर्दै यो अमेरिकाकालाई ‘चेतावनी’ दिन गरिएको परीक्षण भएको जनाएको छ । 

उत्तर कोरियाली राष्ट्रपति कीम जोङ उनले परीक्षणले उत्तर कोरियाको सारा अमेरिका भर क्षेप्यास्त्र प्रहार गर्न सकिने क्षमता प्रमाणित गरेको गर्वका साथ बताउनुभएको बताएका कोरियन केन्द्रिय समाचार संस्था (केसिएनए)ले उल्लेख गरेको छ । 

केसिएनएले भनेको छ, “हाम्रा नेताले गर्वसाथ भन्नुभएको छ कि अमेरिकाको सम्पूर्ण क्षेत्र अव प्योङयाङको क्षेप्यास्त्र प्रहारको पहुँचमा आएको छ ।” 

यसैबीच अमेरिकी विदेशमन्त्रीले रेक्स टिलरसनले उत्तर कोरियाली गतिविधि उत्तेजक बन्नुमा बेइजिङ् र रसिया दोषी रहेको आरोप लगाउनुभएको छ । त्यस्तै पेन्टागनका प्रवक्ता क्याप्टेन जेफ डेभीसले अमेरिका आफ्नो बचाउका लागि तयार रहेको बताए । 

परीक्षण पछि अमेरिकी विदेशमन्त्री टिलरसन र जापानी विदेशमन्त्री कुमिओ किसिदाबीच टेलिफोन वार्ता भएको छ । उत्तरका उत्तेजित गतिविधिलाई रोक्न सम्भावित व्यापक दवाव दिनुपर्ने वार्तामा कुसिदाले अमेरिकी विदेशमन्त्रीसँग आग्रह गर्नुभएको जनाइएको छ । 

शनिबारको यो परीक्षणको पुष्टि गर्दै उत्तर कोरियाले क्षेप्यास्त्र ४७ मिनेटसम्म उडेको र १० हजार किलोमीटरको सैद्धान्तिक दुरीको उचाइमा पुगेको जनाएको छ । जुलाईमा मात्र उत्तर कोरियाले योे दोश्रो अन्तरमहादेशीय क्षेप्यास्त्रको परिक्षण गरेको हो । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसलाई “उत्तर कोरियाली शासकको अविवेकी र खतरनाक कदम” भन्ने प्रतिक्रिया दिएका छन् । अमेरिका, जापान र दक्षिण कोरियाले प्योङयाङको पछिल्लो कारवाहीको भत्सर्ना गरेका छन् । जापानी प्रधानमन्त्री शिन्जो आबेले क्षेप्यास्त्र परिक्षण आफ्नोे मुलुकको लागि गम्भीर खतरा भएको बताए । 

त्यसैगरी दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले मध्यरातमा आपतकालीन सुरक्षा बैठक बोलाई छलफल गरेका छन् । 

सम्बन्धित समाचार

रियाद एयरपोर्टलक्षित क्षेप्यास्त्र प्रहारको नेपालद्वारा भत्र्सना

दक्षिण एसिया । नेपालले केही दिनअघि साउदी अरेबियाको राजधानी रियादमा रहेको विमानस्थललाई लक्षित गरी यमनका हुथी विद्रोहीले प्रहार गरेको क्षेप्यास्त्रको घटनाको भत्र्सना गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै परराष्ट्र

चीनले बनायो एकैसाथ चार क्षेप्यास्त्रले आक्रमण गर्नसक्ने मानवरहित हेलिकप्टर

चीन । चीनले व्यावसायिक उत्पादन गर्ने लक्ष्यसहित मानवरहित सैन्य हेलिकोप्टर निर्माण गरेको छ । चीनको टिआनजिनमा आयोजित चौँथो चाइना हेलिकप्टर एक्स्पोमा द एभी५००डब्ल्यू हेलिकोप्टरको अनावरण गरिएको हो । चीनको एभिएसन इन्डस्ट्री

उत्तर कोरियामा भूकम्प, परमाणु बम परीक्षण गरेको आशंका 

उत्तर कोरियाले नयाँ परमाणु बम परीक्षण गरेको आशंका गरिएको छ ।  आइतबार बिहान उत्तरकोरियामा ५.६ रेक्टर स्केलको भूकम्प मापन गरिएको र सो भूकम्प परमाणु परीक्षणको भएको आशंका गरिएको छ ।  अन्तर्राष्ट्रिय समाचार

उत्तर कोरियाले बनायो शक्तिशाली परमाणु बम 

उत्तर कोरियाले ब्यालेष्टिक मिसाइलमा प्रयोग गरिने शक्तिशाली परमाणु बम बिकास गरेको जनाएको छ । उत्तर कोरियाको सरकारी समाचार एजेन्सीले राष्ट्रपति किम जोग उनले बम निरिक्षण गर्दै गरेको तस्बिर सार्वजनिक गरेको छ । स्वतन्त्ररुपमा