• २०८१ बैशाख १३ बिहीबार

ओली र प्रचण्ड मिलेको भोलिपल्टै बिजुक्छेंको भविष्यवाणी — भागबण्डाले छिट्टै विखण्डन हुन्छ

kharibot

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सैद्धान्तिक नभई भागबण्डाको आधारमा भएको बताएका छन् । 

रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले एसियाकै ठूलो कम्युनिष्ट पार्टीका रुपमा उदाएको भन्ने भनाइ गलत भएको टिप्पणी समेत गरेका हुन् । दुई पार्टीको एकतालाई हेर्दा सैद्धान्तिक भन्दा पनि भागबण्डामा केन्द्रित भएकाले दीर्घकालीनस्वरुप नदेखिएको उनले बताए । 

उनले रुसको कम्यूनिष्ट पार्टी संख्यात्मक रुपमा संसारकै ठूलो भए पनि सैद्धान्तिक पाटोलाई आत्मसाथ गर्न नसक्दा देशै टुक्रा टुक्रा भएको नजिर नेपाल कम्युनिष्ट पार्टीका हस्तीहरुले बुझ्नुपर्ने बताए । हालको पार्टी एकता त्याग र योग्यताका आधारमा नभई भागबण्डाको आधारमा भएकाले केही बर्ष भित्रै फुटको अवस्था पुग्ने उनले बताए ।

वर्तमान सरकार ठेकदार, दलाल, गुण्डा र काला व्यापारीको आडमा चलेको बताउँदै चुनावमा खर्च भएको रकम असुल्नलाई लागेकाहरुकै कारण वर्तमान सरकाले जनताको हितमा काम गर्ने छेक छन्द नदेखिएको उनले बताए ।

उनले विगत पञ्चायतले ३० वर्ष शासन गर्दा देश र जनताको हितमा काम गर्न नसकेजस्तै वर्तमान सरकाले पाँच वर्ष सत्ता चलाए पनि कुनै उपलब्धि हासिल गर्न नसक्ने बताए । उनले आफ्ना कार्यकर्तालाई मात्र पोषण गर्ने जुन परिपाटी देखिएको छ, यसकै कारण पञ्चायतको शासन जस्तै यो सरकार रहने बताए ।

पञ्चायतजस्तै काँग्रेस एमाले र वर्तमान सरकार पनि अधिनायकवाद शैलीमा काम गरिरहेको आरोप लगाउँदै बिजुक्छेंले वर्तमान सरकार गुण्डाराजमा चलिरहेको उनले बताए ।  

विगतमा सरकारका प्रमुख भारत गएर देशका नदीनाला बेच्ने गरे पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा बोलाएर अरुण तेस्रोको साँचो हस्तान्तरण गर्दै वर्तमान सरकाले आफ्नो चरित्र प्रष्टाएको उनले बताए ।

मोदीको नेपाल भ्रमण उपलब्धिमूलकभन्दा पनि आर्थिक व्ययभार थप्ने काम गरेको उनको भ्रमणलगत्तै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले प्रष्टाएको उनले बताए ।

सिंहदरवारको अधिकार स्थानीय तहमा भन्ने भनाई सिंहदरबारभित्रै रहेको र यो चुनावी नाराको आकर्षण मात्र एमाले र माओवादीले बनाएको उनले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै