• २०८१ बैशाख ११ मंगलबार

राजधानीमा प्रथम विज्ञान प्रविधि राष्ट्रिय युवा सम्मेलन हुदै

kharibot

काठमाडौँ / विज्ञान, सूचना तथा प्रविधिका विभिन्न विषयगत क्षेत्रका विद्यमान अवस्थाका बारेमा समीक्षा गर्दै आगामी १० वर्षका लागि आवश्यक कार्यनीति तय गर्न आगामी असार ४ देखि ६ गतेसम्म राजधानीमा प्रथम विज्ञान तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन आयोजना हुँदैछ । 

राष्ट्रिय युवा परिषद्को आयोजनामा हुने सो सम्मेलनमा प्राकृतिक विज्ञान, चिकित्सा र आयुर्वेद, इन्जिनियरिङ र पदार्थ विज्ञान, जीवन विज्ञान, सूचना, सञ्चार तथा प्रविधि, कृषि तथा वन विज्ञान, विकिरण तथा ऊर्जा, अति सूक्ष्म प्रविधि र व्यावसायिक शिक्षा गरी १२ वटा विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ । 

विज्ञानलाई सर्वसाधारण जनतासँग जोड्न आवश्यक भएको भन्दै पहिलोपटक यस किसिमको सम्मेलन आयोजना गर्न लागिएको सम्मेलनका संयोजक खिम पन्थीले बताए । 

सम्मेलनका बारेमा जानकारी गराउन आज  आयोजित अन्तक्र्रिया कार्यक्रममा नेपाली युवाले विज्ञान तथा प्रविधिको क्षेत्रमा गरिरहेका आविष्कार, अनुसन्धानलाई आमसमुदाय, वैज्ञानिक र नीतिनिर्मातामा प्रस्तुत गर्नु सम्मेलनको उद्देश्य रहेको उनले जानकारी दिए । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)का प्राज्ञ ऋषि शाहले नेपाली युवा वैज्ञानिकलाई देशभित्रै अध्ययन अनुसन्धानमा लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिए । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै