• २०८१ बैशाख ७ शुक्रबार

नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमै रहने, पेरिसडाँडाबाट जनसम्पर्कका कामहरु गरिने  

kharibot

काठमाडौँ । नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय यसअघि एमालेको केन्द्रीय कार्यालय रहेको काठमाडौँको धुम्बाराहीमा रहने भएको छ । 

पार्टीका जनसङ्गठन र जनसम्पर्कका कामहरु भने पेरिसडाँडा रहने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिएका छन् ।

धूम्रबाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन एमालेको अस्थायी र पेरिसडाँडामा नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय थिए । 

शुक्रबार विघटित पार्टीका सूचनापाटीहरु झिकिने बताइएको छ । निर्वाचन आयोगमा आज दर्ता भएको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी र दर्ता नं पाँच हजार ६६६ रहेको कार्यालय सचिव श्रेष्ठले जानकारी दिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै