• २०८१ बैशाख ८ शनिबार

‘नेपाल कम्युनिष्ट पार्टी’ का केन्द्रीय सदस्यहरुले लिए सामुहिक शपथ, एमाले र माओवादी विघटन 

kharibot

तस्बीर : विष्णु रिमाल/ट्वीटर

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’ का केन्द्रीय सदस्यहरुले बालुवाटारमा सामुहिक शपथ लिएका छन् ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकाअर्कालाई सपथ गराएपछि सबै केन्द्रीय सदस्यले एकसाथ शपथ लिएका हुन् ।

बैठकले एमाले र माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति नयाँ पार्टी नेपाल कम्युनिष्ट पार्टीको नाममा सार्ने निर्णय पनि गरेको छ ।

साथै नयाँ पार्टीबाट शपथ लिएपछि नेकपा एमाले र माओवादी केन्द्र औचारिक रुपमा विघटन भएका छन् । आजै दुई दल मिलेर ‘नेपाल कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्दैछन् ।

एकता घोषणा पूर्व एमालेको केन्द्रीय कार्यसमिति र माओवादीको सचिवालयको विस्तारित बैठक बसेको थियो । एमालेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र माओवादीको प्रचण्ड निवास खुमलटारमा बैठक बसेको हो । 

नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा पहिले नै दर्ता :

एमाले र माओवादीले ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोगका निवेदन दिने भने पनि  यो नाम गरेको पार्टी अहिले नै निर्वाचन आयोगमा दर्ता भइसकेको छन् ।
दुवै दलले अहिले यहि नाममा निवेदन दिने र दल दर्ता प्रक्रियाअघि बढाउँदै समस्या परे संशोधन गर्ने सहमति भएको बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै