काठमाडौँ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।
एमाले र माओवादी केन्द्रबीच आज एकता घोषणा हुने भएपछि जेठ ४ र ५ गतेलाई बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित भएको अनेरास्ववियुले जनाएको छ ।
अनेरास्ववियुले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको निर्देशन अनुसार केन्द्रीय समितिको बैठक स्थगित गरिएको जानकारी दिएको छ ।