• २०८१ बैशाख ७ शुक्रबार

आलियाको 'राजी' सुपरहिट, ६ दिनमा कमायो ५१ करोड 

kharibot

मुम्बई । बलिवुड अभिनेत्री आलिया भट्टको नयाँ फिल्म राजीले भारतीय बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको छ । फिल्मले रिलिजको ६ दिनमा ५१ करोडको ब्यापार गरेको छ । 

फिल्मले पहिलो दिन केबल साढे ७ करोड व्यापार गरेकोमा दोस्रो दिन ११ र तेस्रो दिन १४ करोड ब्यापार गरेको थियो ।  रिलिजको तीन दिनमा ३३ करोड ब्यापार गरेको राजीले अर्को तीन दिनमा १८ करोड व्यापार गर्दै भारतीय बक्स अफिसमा ५१ करोड ब्यापार गरेको छ । फिल्मले सोमबार ६.३० करोड, मंगलबार ६.१० करोड र बुधबार ५.९० करोड ब्यापार गरेको बलिवुडका फिल्म समिक्षक तरण आदर्सले जानकारी दिएका छन् ।

फिल्म विश्लेषकले फिल्मको रिभ्यु अत्यन्त राम्रो दिएका थिए भने दर्शकले पनि फिल्मलाई अत्यन्त मन पराएका छन् । देशप्रेमको जुनुन देखाइएको यस फिल्ममा आलिया भट्टले भारतीय जासुसको भुमिकामा देखिएकी छन् । भारतीय जासुस बनेर पाकिस्तानी सेनाका अधिकारीसँग विवाह गरेर पाकिस्तान गएको आलियाको भुमिकालाई दर्शकले अत्यन्त मन पराएका छन् ।

केबल २५ करोडको बजेटमा निर्माण भएको यस फिल्मले आफ्नो लगानी तीन दिनमा नै उठाई सकेको छ भने अबको कलेक्सन नाफा हुने भएको छ । 

मेघना गुल्जारले नीर्देष्ण गरेको यस फिल्ममा आलिया भट्टका अलावा विक्की कौशल, आलियाकी आम सोनी राजदान, रजत कपुर लगायतका कलाकारले अभिनय गरेका छन् भने फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै