• २०८१ बैशाख १४ शुक्रबार

वाणिज्य बैंकको उपस्थिति नभएको २७ स्थानीय निकायहरुमा एनआईसी एशिया पुग्यो  

kharibot

काठमाडौँ । राज्यको पुर्नसंरचनासँगै सम्पुर्ण स्थानीय निकायहरुमा वाणिज्य बैंकको शाखा सञ्जाल मार्फत उपस्थिति सुनिश्चित गर्ने नेपाल सरकारको नीति बमोजिम अन्य बाणिज्य बैंकको उपस्थिति नभएका २७ स्थानीय निकायहरुमा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । 

बैंकले दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा समेत आफ्नो पहुँच अभिबृद्धि गर्दै सम्पुर्ण तह तप्काका सर्वसाधारणको बैंकको रुपमा आफ्नो पहिचान बनाईरहेको यस बैंकले समस्त ग्राहकहरुलाई उच्चस्तरीय सेवा दिंदै आईरहेको छ । 

बैंकको हालसम्म २१० वटा शाखा कार्यालय, २०३ एटिएम, ६ वटा एक्स्टेन्सन काउण्टर, ६ वटा शाखारहित बैंकिङ्ग एवं ५५०० भन्दा बढि रेमिटेन्स पे आउट एजेन्ट सहित सेवा दिदै आएको छ । 

बैंकले करीब १३५ अर्ब निक्षेप संकलन गरी करीब ११० अर्ब कर्जा प्रवाह गरिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै