बार्सिलोनाले क्लब फ्रेन्डलीमा दक्षिण अफ्रीकाको ममेलोडी सनडाउनलाई ३-१ ले हरायो 

खरीबोट
ad

काठमाडौँ । बार्सिलोनाले दक्षिण अफ्रिकाको क्लब ममेलोडी सनडाउन सँगको फ्रेन्डली खेल ३-१ ले जितेको छ ।

दक्षिण अफ्रिकी नेता नेल्शन मण्डेलाको सयौ जन्मजयन्तीका अवसरमा आयोजना भएको फ्रेन्डली खेलमा बार्सिलोनाले ममेलोडीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाका लागि डेमबेले, लुइस स्वरेज र आन्द्रे गोमेजले एक एक गोल गरेका थिए । सनडाउनका लागि एक गोल भिलाकाजीले गरेका थिए ।

खेलपछि यस सिजनबाट बार्सिलोना छोड्न लागेका आन्द्रे इनेस्टालाई विशेष सम्मान गरिएको थियो ।

यस सिजनको ला लिगाको उपाधि जितेको बार्सिलोनाले ला लिगाको अन्तिम खेल आइतबार रियल सोसियडाडसँग खेल्दै छ । पछिल्लो ला लिगाको खेलमा ५-४ ले पराजित भएर ४३

खेलको अपराजित यात्रा टुंगाएको बार्सिलोनाले यस सिजनको कोपा डेल रे को उपाधि पनि जितेको छ ।
 

सम्बन्धित समाचार

बार्सिलोनाका लिजेण्ड इनेस्टा अब जापानबाट खेल्ने 

काठमाडौँ  । स्पेनीस क्लब बार्सिलोनामा २२ बर्ष भन्दा बढी विताएर यसै सिजनको अन्त्यसँगै विदा भएका आन्द्रे इनेस्टा जापानीज क्लब भिसेल कोवीमा आबद्द हुने भएका छन् । इनेस्टाले बुधबार राति सो बारे

बार्सिलोना ला लिगाको अन्तिम खेलमा विजयी, कोन्टिन्होले गरे निर्णायक गोल 

काठमाडौँ । बार्सिलोनाले आफ्नो ला लिगाको अन्तिम खेल जितेर ला लिगाको अन्त्य गरेको छ ।  यस अघि नै ला लिगाको उपाधि जितेको बार्सिलोनाले गएराती भएको खेलमा रियल सोसियडाडलाई १-० गोल अन्तरले

बार्सिलोनाले दियो इनेस्टालाई बिदाई, अन्तिम खेल सोसियडाडविरुद्ध खेल्दै 

काठमाडौँ । बार्सिलोनाका लिजेण्ड आन्द्रे इनेस्टाले बार्सिलोनामा अब आफ्नो अन्तिम खेल आइतबार राति खेल्दै छन् । ला लिग अन्तर्गतको यस सिजनको अन्तिम खेल बार्सिलोनाले रियल सोसियडाडविरुद्ध आफ्नो घरेलु मैदानमा खेल्दै

युरोपा लिग जिताउदै ग्रिजम्यानले बनाए नयाँ रेकर्ड, यस्तो छ बार्सिलोना जाने तयारी  

काठमाडौँ । एथलेटिको म्याड्रिडका फ्रेन्च फुटबलर एन्टोनी ग्रिजम्यानले नयाँ रेकर्ड बनाउदै एथलेटिको लाई युरोपा लिग जिताएका छन् । गएराती फ्रान्सको लियोनमा भएको युरोपा लिगको फाइनलमा खेलको दुवै हाफमा गोल गर्दै ग्रिजम्यानले

Loading...

Loading...