काठमाडौँ । सेभिलाबाट खेलिरहेका फ्रेन्च डिफेन्डर क्लेमेन्ट लेन्गेटले बार्सिलोनासँग सम्झौता गरेका छन् ।
स्पेनिस मिडिया मुन्डो डिपोर्टिभोका अनुसार २२ बर्षिय लिन्गेटले बार्सिलोनासँग ५ बर्षको सम्झौतागरेको खुलासा गरेको छ ।
आगामी सिजनमा बार्सिलोना आउने पक्का बह्येको मुन्डोले उल्लेख गरेको छ । सुरुमा ल न्गेटले खेल्ने समयको कारण देखाउदै बार्सिलोना आउन हिच्किचाए पनि उनी बार्सिलोना आउन तयार भएपछि समझदारी भएको उल्लेख गरेको छ । बार्सिलोनाले भने लेन्गेटलाई भित्राएको बारे आधिकारिक जानकारी दिएको छैन ।
सेभिलामा दुई सिजन खेलेका लेन्गेटले यस सिजनमा सेभिलाका लागि ४७ खेल खेलेका छन् भने ४ गोल पनि गरेका छन् ।
फ्रान्सको अन्डर २१ टिममा १० खेल खेलेका लेन्गेटले सिनियर राष्ट्रिय टिमबाट भने अझै खेलेका छैनन् ।