शहिद स्मारक ‘ए’ डिभिजन लिग ४ बर्षपछि फर्कियो, असोजदेखि माघसम्म हुने  

खरीबोट

काठमाडौँ । एन्फाले ४ बर्षदेखि हुन नसकेको शहिद स्मारक ‘ए’ डिभिजन लिग संचालन गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको एन्फाको लिग कमिटिले ‘ए’ डिभिजन लिग गर्ने निर्णय गरेको हो । एन्फाका अनुसार लिग आगामी असोज १३ देखि माघ १६ सम्म संचालन हुने भएको छ ।

लिगमा ‘ए’ डिभिजनका सबै १४ टिमले भाग लिने छन् । ‘ए’ डिभिजन टिममा मनाङ मर्स्यांदी क्लब, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, नेपाल सशस्त्र प्रहरी टिम, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा क्लब, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम , ब्रिगेड ब्वायज, हिमालयन शेर्पा क्लब रहेका छन् ।

एन्फाको लिग कमिटिले हरेक क्लबले न्युनतम १८ र अधिकतम ३५ खेलाडी दर्ता गर्ने व्यवस्था गरेको जानकारी दिएको छ । त्यस्तै हरेक क्लबले ४ विदेशी खेलाडीलाई राख्न पाउने र एक खेलमा बढीमा ३ जना विदेशी खेलाडी खेलाउन आउने नियम बनाएको छ ।

साथै सबै टिमले भदौ १५, २०७५ अगाडी नै सबै खेलाडीको रजिष्ट्रेसन गराइसक्नुपर्ने जानकारी दिएको छ ।   
 

सम्बन्धित समाचार

एन्फा विशेष साधारणसभा सौराहामा सुरु 

सौराहा, चितवन। अखिल नेपाल फुटबल सङघ(एन्फा)को विशेष साधारणसभा आजदेखि सौराहामा शुरु भएको छ ।  विशेष साधारणसभा विधान संशेधनमा केन्द्रित हुनेछ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले विधान संशोधनको विषयलाई सूचीबाट हटाउन निर्देशन

सातदोबाटोस्थित एन्फा मैदान बनाउन एएफसीले दियो एक लाख ३० हजार डलर 

काठमाडौं । एसियाली फुटबल महासंघले सातदोबाटोस्थित एन्फा मैदानमा प्याराफिट र फ्ल्डलाइट निर्माणका लागि एक लाख ३० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ । एएफसीको मुख्यालयमा आज बसेको एन्फा पदाधिकारी र

एन्फा महासचिव र कोषाध्यक्षमा तुलाधर र जोशी नियुक्त

काठमाडौँ  । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिवमा इन्द्रमान तुलाधर र कोषाध्यक्षमा रवीन्द्र जोशीलाई नियुक्त गरिएको छ ।  एन्फाको नवनिर्वाचित कार्यसमितिको सोमबार बसेको पहिलो बैठकले सो निर्णय गरेको हो । यसअघि

मेरो कार्यकालमा ‘म्याच फिक्सिङ’ हुँदैन : एन्फा अध्यक्ष शेर्पा 

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले म्याचफिक्सिङ रोक्न तत्काल कानुन आवश्यक रहेको बताएका छन् । उनले म्याच फिक्सिङको अन्त्य गर्न तत्काल कानुन आवश्यक रहेको बताउँदै