पंजावलाई हराउदै प्लेअफको नजिक पुग्यो मुम्बई 

खरीबोट
ad

काठमाडौँ । आइपिएल अन्तर्गत मुम्बई इण्डियन्सले सनसनीपूर्ण जित हासिल गर्दै प्लेअफमा आफ्नो सम्भावनालाई जिवितै राखेको छ ।

गएराती भएको खेलमा किंग्स इलेभेन पंजावविरुद्ध ३ रनको जित हासिल गर्दै प्रतियोगितामा आफ्नो सम्भावना जिवितै राखेको हो ।

मुम्बईले दिएको १८७ रनको लक्ष्य पछ्याएको पंजाव २० ओभरमा ५ विकेट गुमाउदै १८३ रन मात्र बनाएपछि मुम्बईले खेल ३ रनले जितेको हो ।

मुम्बईको जितमा हिरो बेनेका छन् बलर जसप्रित बुम्राह । बुमराहले ४ ओभरमा केबल १५ रन दिएर ३ विकेट लिएका थिए । त्यस्तै अर्का बलर म्याकघेलनले २ विकेट लिएका थिए ।
पंजावकालागि केएल राहुलले सर्वाधिक ९४ रन बनाएका थिए भने एरोन फिंचले ४६, क्रिस गेलले १८ रन बनाएका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १८६ रन बनाएको थियो ।  मुम्बईका लागि केरोन पोलार्डले सर्वाधिक ५० रन बनाए भने क्रुनाल पाण्डेयले ३२, सूर्यकुमार यादवले २७ र इशान किशनले २० रन बनाएका थिए । 

खेलको म्यान अफ द म्याच मुम्बईका जसप्रित बुमराह बनेका थिए । 

जितपछि मुम्बईको १३ खेलमा १२ अंक भएको छ भने राम्रो रनरेटका कारण मुम्बई तालिकामा चौथो स्थानमा उक्लिएको छ । पंजावको पनि १३ खेलमा १२ अंक नै भएपनि कम्जोर रन रेटका कारण छैठौ स्थानमा झरेको छ । 

आइपिएलको आजको खेल रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावादबीच हुदै छ । 
 

सम्बन्धित समाचार

आइपिएलको उपाधि चेन्नई सुपरकिंग्सले जित्यो 

काठमाडौँ । यस सिजनको आइपिएलको उपाधि चेन्नई सुपरकिंग्सले जितेको छ ।  आइतबार भएको फाइनल खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै आइपिएलको उपाधि तेस्रो पटक जितेको हो ।  चेन्नईले यसआघ इसान

आइपिएल फाइनल प्रिभ्यु : चेन्नई सुपरकिंग्स भर्सेज सनराइजर्स हैदरावाद  

काठमाडौँ । यस सिजनको आइपिएलको फाइनल आज चेन्नई सुपरकिंग्स र सनराइजर्स हैदरावादका बीच हुदै छ । नेपाली समय अनुसार साँझ सवा ७ बंजे मुम्बईस्थित वान्खडे स्टेडियममा हुने यस खेलमा यस आइपिएलको

राशिद खानको आइपिएलमा जादु, खेलपछि सचिनले गरे तारिफ 

काठमाडौं । अफगानिस्तानका बलर राशिद खानले सनराइजर्स हैदरावादलाई गएराती कोलकोता विरुद्धको खेलमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै फाइनलमा पुर्याएका छन् ।  ब्याटिंग बलिङ र फिल्डीङ तिनैमा उत्कृष्ट प्रदर्शन गर्दै राशिदको प्रदर्शनका कारण

सनराइजर्स हैदरावाद आइपिएलको फाइनलमा, उपाधिका लागि चेन्नईसँग भिड्ने

काठमाडौँ । सनराइजर्स हैदरावाद आइपिएलको फाइनलमा पुगेको छ । गएराती भएको दोस्रो क्वालिफायरमा कोलकोता नाइटराइडर्सलाई १४ रनले पराजित गर्दै हैदरावाद प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । हैदरावादले दिएको १७५ रनको लक्ष्य

Loading...

Loading...